२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गर्न नेकपाको आग्रह

२०७५, ९ भाद्र शनिबार ०७:३७

भदौ ९, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको समेत सुक्ष्म छानबिन गरी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो । 

तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त रहँदै आएको छ । सोही विषयलाई लिएर आज नेकपा सचिवालयको आकस्मिक बैठक बसेको हो । 

बैठकपछि पार्टीका नेता नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यसप्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

सामाजिक रुपमा भएका त्यस्ता आपराधिक घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने र पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न समेत बैठकले आग्रह गरेको छ । 

अनुसन्धानलाई व्यापक, विश्वसनिय र प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ । सामाजिक मूल्य मान्यतामा विकृति भित्रिएको, शान्ति सुरक्षामा खलल पार्ने काम भइरहेको सवालमा सबैलाई एकताबद्ध भएर सहकार्य गर्न अपिल गर्ने निर्णयसमेत बैठकले गरेको नेता श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै जनचेतना तथा जागरण फैलाउन आम रुपमा आग्रह गर्दै बैठकले दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको प्रक्रियामा ल्याउन र सहजीकरण गर्न सबैलाई आग्रह गरिएको छ । 

यस्तै नेकपाका नेता लेखराज भट्टले एक विज्ञप्तिमार्फत स्वतन्त्र उच्च स्तरीय छानबिन समिति गठन गर्न आग्रह गर्नुभएको छ । स्थानीय प्रहरी प्रशासनमाथि आम जनताको विश्वास र भरोसा टुट्ने अवस्था आउन नदिनसमेत उहाँले आग्रह गर्नुभएको छ । 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सन्दर्भमा उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कडा कारवाही गर्न नेता भट्टले माग गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ