Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’: राखी बाँध्ने सपना अधुरै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १०, कञ्चनपुर । शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए ।

उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे ।

ठेकेदारको घरमा उनलाई नभेटेपछि बजार हुँदै घर फर्कँदै गर्दा ट्राफिक चोक नजिकै घरको छतमा बसेका ८/१० जना प्रहरीले उनीहरुलाई गाली गर्दै भाग्न भने । आजको नागरिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

'भाग्दै गर्दा प्रहरीले गोली हान्यो ।' सन्नीसँगै रहेका उमेशले भने, 'सन्नीले अंकल हामी आन्दोलनकारी होइनौं, हामीलाई केही नगर्नुस् भन्दै थियो ।' अनुनय गर्दागर्दै दुइजना बन्दुकधारी प्रहरीमध्ये एउटाले गोली चलाएको उनले बताए ।

सन्नी ढलेपछि आफू भने डरले भागेको उनले बताए । उमेशले भने, 'प्रहरीले गाली गर्दै तैं होस् ढुंगा हान्ने भनेर सीधैं छातीमा गोली ठोक्यो ।' सन्नी र उमेश मिल्ने साथी हुन् ।

सन्नी रक्षाबन्धनमा दिदीबहिनीका लागि मिठोमसिनो खुवाउन भन्दै ठेकेदारसँग काम गरेबापतको पैसा माग्न जान्छु भनेर घरबाट निस्किएको बुवा वीरबहादुर बताए । उनले भने, 'श्रम गरेको पैसा माग्न गएको छोराको बेलुकी लास देख्नुपर्यो ।'