2026-09-13 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी लोकमार्गः दैलेख खण्डको ५० किलोमिटरमा कालोपत्रेका लागि पूर्वाधार तयारी

हिक्मतबहादुर नेपाली | भदौ १०, दुल्लु, दैलेख | राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेख खण्ड निर्माणको कामले गति लिएको छ । 

लामो समय जग्गा विवादका कारण दैलेख खण्डको मार्ग खोल्नै सकस भएको थियो । विवाद समाधान भएसँगै लोकमार्ग स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ । अहिले दैलेख खण्डको ५० किलोमिटरमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको मध्यपहाडी लोकमार्ग दैलेख खण्डका प्रमुख तुलाराम शर्माले जानकारी दिनुभयो । 

दैलेख खण्डमा अहिले ५० किमी कालोपत्रेका लागि बोलपत्र प्रक्रिया सकेर २० प्रतिशत काम सकिएको छ । दैलेख खण्डको १२६ किमी लम्बाइमध्ये ५० किमी कालोपत्रेका लागि काम भैरहेको छ । बाँकी बोलपत्रका लागि तयारी अवस्थामा रहेको छ । काम भइरहेको ५० किमी कालोपत्रेलाई चार भागमा ठेक्कामार्फत काम भइरहेको शर्माको भनाइ छ । 

चार भागमा विभाजन गरी कालोपत्रेमा लोहोरेदेखि झुप्रेसालसम्म ९.९ किमीमा केएस रमण जेभीले मूअक(भ्याट)बाहेक रु २४ करोड ८४ लाख ३१ हजारमा घटेर ठेक्का लिएको हो । केएस रमणले २०६४ भदौ ३ मा कालोपत्रेका लागि सम्झौता गरेको थियो । यसले आगामी २०७७ भदौ ३ गते काम सक्नुपर्ने छ । आयोजनाका अनुसार अहिलेसम्म ४५ प्रतिशत काम भएको छ । 

यसैगरी झुप्रेसालदेखि मनघरसम्म ११.४ किमीको ठेक्का शर्मा गजुरमुखी जेभीले २०७७ जेठमा सक्ने गरी २०६४ जेठ १४ मासम्झौता गरेको आयोजनाले जनाएको छ । उक्त स्थानमा अहिलेसम्म ४० प्रतिशत काम भएको छ । भ्याटबाहेक ३१ करोड ७२ लाखमा कालेपत्रेको ठेक्का लिएको हो । 

दैलेख पश्चिममा रहेको रामघाट पुलदेखि पादुकासम्म १५.८ किमी सडक कालोपत्रेका लागि पम्पु हाई हिमालयन जेभीले ठेक्का पाएको थियो । विसं २०७४ जेठ १४ गते सम्झौता भई २०७७ जेठ १४मा काम सक्नुपर्ने छ । रु ४२ करोड १० लाखमा उक्त सडकको ठेक्का लिइएको हो । अहिलेसम्म निर्माण कम्पनीले ४० प्रतिशत काम गरेको जनाइएको छ । 

त्यस्तै वडालम्जीदेखि पादुकासम्म केएस रमण जेभीले १३.३ किमीको कालोपत्रेको ठेक्का लिएको मध्यपहाडी आयोजनाले जनाएको छ । गत साल जेठ १४ गते सम्झौता गरेको रमण जेभीले २०७७ जेठ १४ मा कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । रु २६ करोड ९१ लाखमा सम्झौता गरेको निर्माण कम्पनीले अहिलेसम्म २० प्रतिशत काम गरेको छ । पहिलो वर्ष कम्तीमा २० प्रतिशत गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सबैभन्दा कम काम भएको खण्ड नै यही हो । 

अब दैलेख खण्डमा कालोपत्रे सडक निर्माणका लागि ७५.५ किमी बाँकी छ । यो सडकको डिपिआर भइसकेकाले छिट्टै बोलपत्र गरिने आयोजनाले जनाएको छ “तीव्र गतिमा काम भइरहेकाले सबै भागको स्तरोन्नति केही वर्षभित्रै सकिने गरी आयोजना लागिरहेको छ”, दैलेख खण्डका प्रमुख शर्माले भन्नुभयो । 

कालोपत्रे गर्न लागिएको चार खण्डमा सडक चौडाको काम ९० प्रतिशत सकिएको छ । त्यस्तै ग्याविन र मेशनरी वाल लगाउने काम भइरहेको छ । सानातिना खोलामा ह्युपाइपमार्फत पानीको निकास गर्ने काम अन्तिम चरणमा छ । चटान र पहिराका कारण आयोजनालाई दैलेख खण्डको लोहोरेदेखि बेस्तडासम्म जोखिम सडकका रुपमा लिइएको छ । आयोजनाले दैलेख खण्डमा मुआब्जा रु ६० लाख खर्च हुने अनुमान गरेको छ । आयोजनाको काम अघि बढाउँदा ३५ घर भत्काउनुपर्ने देखिएको शर्माले बताउनुभयो । दैलेख सदरमुकाममा १० मिटर मात्रै कालोपत्रे गर्ने सहमति भएको छ । “यस क्षेत्रमा पनि सबै तयारी पूरा भएकाले कालोपत्रेका लागि टेण्डर निकाल्ने प्रक्रियामा छौंँ ”, शर्माले भन्नुभयो । 

सदरमुकाम नजीक जाहारकोटमा सडक खन्न अवरोध भएकाले समन्वय गरेर काम गर्ने तयारीमा रहेको आयोजनाले जनाएको छ । नारायण नगरपालिका वडा नं २ जाहारकोट खण्ड फराकिलो भए पुष्पलाल लोकमार्ग दैलेख खण्डको आयोजना सफल हुने आयोजनाले विश्लेषण गरेको छ । दैलेख खण्डको पूरै भागमा सडक विस्तार भइसकेकाले अब स्तरोन्नतिको काम बाँकी रहेको आयोजनाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले