२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुर घटना: प्रदेश मन्त्री र सांसदद्वारा स्थलगत अनुगमन

२०७५, १० भाद्र आईतवार १३:१७

भास्कर के.सी | भदौ १०, कञ्चनपुर | कंचनपुर घटनाको प्रदेश मन्त्री र सांसदद्वारा स्थलगत अनुगमन भएको छ । 

प्रदेश सरकारको तर्फबाट गृह मन्त्रालयका सन्देश बोकी कानुन तथा मामिला मन्त्रि प्रकाश शाह सहित प्रतिनिधि सभा संसद लेखराज भट्ट, डा.दिपक प्रकाश भट्ट, नर बहादुर धामी, लगायत प्रदेश सभा सदस्य तारा लामा तामाङ्ग, प्रकाश रावल, लाल बहादुर थापा, र मान बहादुर सुनार  लगायतको टोलीले स्थलगत अनुगमन गरेको हो ।


स्थलगत अनुगमनका क्रममा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगी उनका आमा बुवालाई भेटी अपराधीलाई कुनै पनि हालतमा नछोडने, जुन सुकै भिआईपी भएपनि कानुनको दायरामा लाई कडा भन्दा कडा सजाय दिलाउन आफुहरु शुरु देखि यो घटनालाईको बारेमा विभिन्न पक्षलाई दवाव दिदै आएको प्रदेश मन्त्री र सांसदहरुले बताएका छन् । उनिअरुले आन्दोलनका क्रममा ज्यान गुमाएका सन्नि खुना लगायत दुवै पिडित परिवारलाई राहत स्वरुप केन्द्रिय सरकारकाले १० लाख, प्रदेश नं. ७ को तर्फ बाट ५ लाख र भीमदत्त नगरपालिकाको तर्फबाट ३ लाख दिने निर्णय भएको जनाएका छन् । 

सरकारले आन्दोलनको क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका सन्नि खुनालाई नेपाल सरकारले सहिद घोषणा गर्ने निर्णय गरिसकेको छ । 


आन्दोलनले उग्र रुप लिएपछि लगाएको कफर्यु आज बेलुका ६ बजे देखि राति १० बजे सम्म हटाईको छ भने भोलि विहान ५ बजे देखि दिउसो १२ बजे सम्म हटाएको छ । भोली दिउसो १२ बजे देखि कफर्यु अर्को आदेश नहुन्जेल सम्म यथावत रहने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना