पढ्न करिब 1 मिनेट लाग्छ

प्रेम सुनार | भदौ १५, बुटवल | भ्रस्टचार गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले रोल्पाका एक जना जनप्रतिनिधीको घर कब्जामा लिएका छन । विहिबार ठुलो संख्यामा आएका माओवादी कार्यकर्ताहरुले घेराउ गरी माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको हुन ।

उनको घर पार्टीको झण्डा गाडेर कब्जा गरिएको नेकपा गाउँपालिकाका प्रमुख सूर्य खड्काले स्वीकार गरेका छन । उनका अनुसार घर्तीले भ्रष्टाचार गरेका कारण जनताकै मागका आधारमा स्थानीय ‘जनसरकार’ले कार्वाही गरेको हो ।तर वडासदस्य हरिप्रसाद घर्तीले भने आफूले भ्रष्टाचार नगरेको र गरेको प्रमाणित भएमा कानून वमोजिम सजाय भोग्न तयार रहेको बताएका छन ।

प्रहरीले भने आफ्नोतर्फबाट सुक्ष्म अनुसन्धान जारी रहेको बताएको छ ।वडासदस्य हरिप्रसाद घर्तीले ११ भदौमा आफूलाई नेकपाका कार्यकर्ताले अपहरण गरी जंगलमा लगी कुटपिट गरेको बताएका छन ।