Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पहिरोका कारण पूर्वी रुकुममा आवत-जावतमा समस्या

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | भदौ १५, बुटवल | गत दुई साता देखि अविरल बर्षासँगै  ठाउँ ठाउँमा गएको पहिरोका कारण  पुर्वी रुकुमका वासीन्दाहरुको यातायतका साधानको  आवत जावत समस्या परेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने रुकुम पूर्बको विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा अबरुद्ध भएको हो ।

मध्यपहाडी लोकमार्गमा पर्ने सिस्ने गाउँपालिकाको पाखागाउ र खोपिचारमा पहिरो र अन्य स्थानमा सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा यातायात सेवा अबरुद्ध भएको स्थानीय चन्द्रबहादुर थापाले बताए  । उनका अनुसार अहिले केही ठाउँमा पहिरो तथा केही ठाउँमा सडक खाल्डाखुल्डी हुँदा रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट पुग्न तीन वटा गाडी फेर्नुपर्ने अवस्था छ । पहिरो गएको ठाउँमा जोखिमपूर्ण यात्रा गर्दा आफूहरुलाइ निकै नै समस्या भएको स्थानीयले बताएका छन् ।

मध्यपहाडी लोकमार्गका धेरै ठाउँहरुमा पहिरो गएर यातायात सेवा अबरुद्ध हुँदा समेत स्थानीय सरकारले कुनै पनि ध्यान नदिएको भन्दै रुकुमपूर्वका बासिन्दाले गुनासो गरेका छन् ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले भने सिस्ने गाउँपालिकाको जेसिबी र टिपरले हिलाम्मे सडक सुधार्ने काम गरिरहेको बताईन । पहिरो पञ्टाउन लोकमार्ग निर्माण गर्ने जिम्मा पाएको कालिका कन्टक्सनलाई तत्काल पहिरो पन्छाएर नियमितरूपमा यातायातका साधनहरु चल्ने वातावरण बताउन आग्रह गरे पनि उसले चासो नदिएको उनको भनाई छ  ।

कालिका कन्टकसनले भने अविरल बर्षा संगैको पहिरो आउने क्रम नरोकिएकाले पहिरो हटाउन नसकिएको बताएका छन् । उक्त पहिरोका कारण यातायात सेवा अबरुद्ध हुदा रुकुम पुर्बका अधिकांस स्थानहरुमा भित्रिने मालबाहक ट्याक्टर, बिच बाटोमै रोकिरहेका छन। रुकुम पुर्ब पश्चिम आवज जावत गर्ने सयौं यात्रुहरू महङ्गो भाडा तिरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन  भने दैनिक उपभोग्य बस्तुको अभाव र कालो बजारी बढेको छ ।