२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोका कारण पूर्वी रुकुममा आवत-जावतमा समस्या

१५ भाद्र २०७५, शुक्रबार ०३:२७

प्रेम सुनार | भदौ १५, बुटवल | गत दुई साता देखि अविरल बर्षासँगै  ठाउँ ठाउँमा गएको पहिरोका कारण  पुर्वी रुकुमका वासीन्दाहरुको यातायतका साधानको  आवत जावत समस्या परेको छ ।  

मध्यपहाडी लोकमार्गमा पर्ने रुकुम पूर्बको विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा अबरुद्ध भएको हो ।

मध्यपहाडी लोकमार्गमा पर्ने सिस्ने गाउँपालिकाको पाखागाउ र खोपिचारमा पहिरो र अन्य स्थानमा सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा यातायात सेवा अबरुद्ध भएको स्थानीय चन्द्रबहादुर थापाले बताए  । उनका अनुसार अहिले केही ठाउँमा पहिरो तथा केही ठाउँमा सडक खाल्डाखुल्डी हुँदा रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट पुग्न तीन वटा गाडी फेर्नुपर्ने अवस्था छ । पहिरो गएको ठाउँमा जोखिमपूर्ण यात्रा गर्दा आफूहरुलाइ निकै नै समस्या भएको स्थानीयले बताएका छन् ।


मध्यपहाडी लोकमार्गका धेरै ठाउँहरुमा पहिरो गएर यातायात सेवा अबरुद्ध हुँदा समेत स्थानीय सरकारले कुनै पनि ध्यान नदिएको भन्दै रुकुमपूर्वका बासिन्दाले गुनासो गरेका छन् ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले भने सिस्ने गाउँपालिकाको जेसिबी र टिपरले हिलाम्मे सडक सुधार्ने काम गरिरहेको बताईन । पहिरो पञ्टाउन लोकमार्ग निर्माण गर्ने जिम्मा पाएको कालिका कन्टक्सनलाई तत्काल पहिरो पन्छाएर नियमितरूपमा यातायातका साधनहरु चल्ने वातावरण बताउन आग्रह गरे पनि उसले चासो नदिएको उनको भनाई छ  ।

कालिका कन्टकसनले भने अविरल बर्षा संगैको पहिरो आउने क्रम नरोकिएकाले पहिरो हटाउन नसकिएको बताएका छन् । उक्त पहिरोका कारण यातायात सेवा अबरुद्ध हुदा रुकुम पुर्बका अधिकांस स्थानहरुमा भित्रिने मालबाहक ट्याक्टर, बिच बाटोमै रोकिरहेका छन। रुकुम पुर्ब पश्चिम आवज जावत गर्ने सयौं यात्रुहरू महङ्गो भाडा तिरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन  भने दैनिक उपभोग्य बस्तुको अभाव र कालो बजारी बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु