2026-07-07 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रदेश ५: जिल्लामा पार्टी एकता नहुँदै कार्यकर्ताहरुमा मनको एकता

2018-08-31

प्रेम सुनार । भदौ १५, बुटवल । राजनैतिक आश्थाका हिसावले  रोल्पाका मौशम रोका पुर्व माओवादी कार्यकर्ता हुन । गुल्मीका नवराज भुसाल पुर्व एमालेका  हुन । वुटवलका भरत केसी पुर्व एमाले हुन । बुटवल कै तिलक महत र  यानेन्द्र जिसी पुर्व माओवादीका हुन ।

यी पात्राहरु आ–आफ्ना पुर्व संगठनका नेता कार्यकर्ताहरुसंग भन्दा नजिकको हेलमेलमा छन । अलि ठुला नेताहरु कै कुरा गरौं । पुर्व माओवादी केन्द्र गुल्मी जिल्ला पार्टीका ईञ्चार्ज तथा केन्द्रिय सदस्य र हाल प्रदेश ५ का सांसद दिनेश पन्थी तत्कालिन पार्टी संगठनको क्रियाक्लाव वाहेक दुख सुख साट्ने बढि नजिकका साथीहरु तत्कालिन एमालेजन थिए ।

उता पुर्व एमालेका नेता तथा प्रदेश सांसद कमलराज श्रेष्ठका पनि नजिकका साथीहरु आफ्नो  पार्टीका भन्दा पुर्व माओवादीका सहकर्मीहरु देखिन्थे । अहिले त झन निकटता थपिएकोमा श्रेष्ठ निकै खुशी छन । पुर्व माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा एकता पछि नेकपा गुल्मीको पार्टी सचिवमा सिफारिस भएका बुद्धि जिसीको बसा–उठ पनि पहिल्लै देखि एमालेका नेता कार्यकर्ताहरु संग बढि थियो ।

गुल्मी कै अध्यक्ष पदमा सिफारिस भएका वालसिंह काउछाको पनि माओवादी नेता कार्यकर्ताहरु संग घनिष्ट सम्वन्ध र कार्यगत एकता गर्दै आई रहेका थिए  । केन्द्रमा कुरा नचल्दै देशभरका कम्युनिष्टहरु एक हुनु पर्छ यदि हुन नसके वर्गिाय मुद्धामा कार्यगत एकता  हुनु पर्छ भन्ने कुरामा जोड दिदै आएका नेताहरु हुन उनिहरु  ।  

जसरी विपरित लिङ्ग प्रतिको अकर्षण बढि हुन्छ , त्यसरी नै विपरित विचारका सहकर्मी प्रति हेलमेल बढि हुने गरेको यी दुई पुर्व पार्टी संगठनमा मात्र होईन ।  कांग्रेसजनमा पनि त्यस्तै छ । कांग्रेस पार्टी गुल्मीका सचिव खिलध्वज पन्थी पुर्व माओवादी नेता बुद्धि जिसीलाई नजिकका साथी  ठान्दै आएका छन ।

नेता जिसी पनि उनलाई त्यति कै मान्दै आएका छन । सहकार्यको राजनीति गर्ने यो देशमा झण्डै दुई तिहाई रहेको र ईखको राजनीति गर्ने त्यस्तै एक तिहाई जति रहेको प्रदेश ५ भित्रको  यस्तो संगतले देखाउँछ । माओवादी द्धन्द्ध नहुने बेला सम्म तत्कालिन कांग्रेस र एमाले विच कुकुर र विरालोको जस्तै काटाछिनको सम्वन्ध थियो ।

गाउँमा मोरो पर्दा मलामी समेत एक अर्का जाँदैनथे । आफ्नै काकाको छोरोको जन्ती समेत गएनन कोही । त्यस जनयुद्धभर माओवादी संग बँच्न उनिहरु एकाघरका भाई जस्तै हुन थाले । गाउँ देखि  केन्द्र सम्म सरकारमा पनि दुई भाई जस्तै भएर बसे ।  जव शान्ति प्रकृया सुरु भयो । त्यो सहकार्य र शक्ति पृथकीकरण भयो । कहिले माओवादीले कांग्रेस को त कहिले कांग्रेसले माओवादीको साथ लिन थाल्यो । एमाले माओवादी बिचमा पनि त्यस्तै हुन थाल्यो । कांग्रेस एमाले विच माओवादी शक्तिलाई आफु निकट बनाउन निकै हाम्फालाफाल भयो ।

माओवादी पनि कहिले कांग्रेसलाई कहिले एमालेलाई नजिक बनाउने दौडधुपमा लाग्यो यहि क्रममा कांग्रेसलाई हरिकीच्च पार्दै ओली र प्रचण्डले पार्टी एकताको घोषणा गरेपछि बिशेषतः हिजोका ति दुई कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको जुन भावनात्मक सम्वन्ध थियो त्यसलाई बैचारिक रुपले समेत थप घनिष्ट पारी दिएको छ ।  तत्कालिन  ति दुई पार्टी भित्र पानी बाराबार सम्मको स्पष्ट देखिने गुट थियो ।

अहिले त्यो गुट छिन्न भिन्न भए जस्तो देखिन्छ । वा, ति गुटहरुले हिजोका आफ्ना गुटहरुलाई अझ बलियो बनाउन हिजो  अर्को पुर्व संगठनका नेता कार्यकर्ताहरु संग बढि हेलमेल भएका हुन कि भन्ने पनि देखउँछ । हिजोका  प्रचण्ड पक्षधरहरु ओलीको  समर्थक देखिएका छन । हिजोका ओली पक्षधरहरु प्रचण्डका समर्थक देखिएका छन । भोलीका दिनमा ओली प्रचण्डको एउटै शक्तिशाली गुट बन्ने चर्चा गर्न थालिएको छ ।

यस प्रदेश भित्रका केहि जिल्ला नियाल्दा ओली र प्रचण्ड पक्षधरहरु एकैथलोमा देखिन्छन । त्यसै गुट भित्रका असन्तुष्टहरुलाई नेपाल र  खनाल पक्षधरले समेटने धौडधुपमा छन । उनिहरुको एक प्रकारको संयुक्त गुटले माधव नेपाल र झलनाथ खनाललाई पनि शिरोधार्य गरेर जानु पर्ने र गुटको अन्त्य गर्नु पर्ने कुरामा जोड दिएको एक नेताले बताए ।

‘अहिले नै नाम त नभनी हालौ, उनले भने–‘ यस जिल्लामा मात्र नभई सिङ्गो पाँच नम्वर प्रदेशमा ओली पक्षधरले प्रचण्डलाई र प्रचण्ड पक्षधरले ओलीलाई समर्थन गरेको पाईएको छ , यो शक्तिशाली गुटले नै भन्ने गरेको छ माधव र झलनाथ पनि हाम्रै नेता हुन, अब गुटको अन्त्य गरौं ।’  गुल्मीमा केहि दिन अघि पुर्व पार्टीका ति दुई विद्यार्थी संगठनका विद्यार्थीहरुले रेसुङ्गा क्याम्पसमा संयुक्त दरखाने कार्यक्रम राखे ।’

त्यस मञ्चमा पनि पुर्व आफ्नै संगठनका सहकर्मीहरु संग भन्दा पुर्व विपक्षहरुका साथीहरु संग कानेखुशी र गफगाफ बढि देखिन्थ्यो । भोली शनिवार ति दुई पुर्व पार्टीका नेता कार्यकर्ताहरुले गुल्मी कै तम्घास नजिकै साखिनेडाँडामा संयुक्त रुपमा भव्य तिज गित नाच र दरखाने कार्यक्त गर्दैछन । रेसुङ्गा नगर कमिटीको आयोजनामा हुन गई रहेको त्यस कार्यक्रमलाई जसरी विवाह हुनु पुर्व मगनीको जुन खानपिन र विवाहको ढोका खोल्ने दिनका रुपमा लिईन्छ त्यसरी नै भोली जिल्ला पार्टी एकता पुर्वको एकताका रुपमा लिईएको छ ।

आयोजक मध्ये पुर्व एमाले जिल्ला सचिवालय सदस्य कृष्ण सुनारले अतिथीहरुलाई बोलाउँदा पुर्व माओवादी नेताहरुलाई फोनबाट बिशेष आग्रह गर्दै आएका छन ।  पुर्व माओवादीका जिल्ला पार्टी सह संयोजक युवराज केसी भन्छन–‘ के त यहाँ थिईन , हिजो आएको हुँ  ।

दरखाने कार्यक्रम राखिएको छ भनेर त सुनेको छु तर हाम्रा साथीहरु (पुर्व माओवादी ) ले केहि  सुँईको समेत दिनु भएको छैन तर आज विहान बरु कृष्ण सुनारजीले फोन मार्फत आई दिन आग्रह गर्नु भयो, जानु पर्ला ।

उता आयोजक कै पुर्व माओवादी नेता धर्म बिश्वकर्मा फेरी पुर्व एमालेका नेताहरुलाई फोन गरेर दरखाने निम्तो दिई रहेका छन । सुनारले पुर्व माओवादी नेता तथा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दन बराललाई प्रमुख अतिथीका लागि  र अर्का सोही संगठनका नेता तथा सांसद दिनेश पन्थी र गिता थापालाई बिशेष अतिथीका रुपमा बोलाई रहेका छन ।

उता बिश्वकर्माले पुर्व एमालेका नेता तथा प्रदेश सांसद कमलराज श्रेष्ठ, खड्ग केसी लगायतलाई बिशेष अतिथी कै रुपमा बोलाई रहेका छन । यसरी  हिजोको एक देखि  अर्को संगठनका नेता कार्यकर्ता विचको खोजी, पदिय मर्यादाको सम्मानले अबको नेकपाको संगठन थप बलियो हुने र गुटको अन्त्य हुने हो कि भन्ने पनि देखाउँछ ।

पार्टी एकता भए देखिका औपचारिक कार्यक्रममा जो जो आयोजक भए पनि पुर्व संगठनको पदिय हैसियतको एकले अर्कोलाई सम्मान समेत गर्दै आएका छन । हिजो आफ्नै संगठनमा छँदा बरु त्यो भन्दा तल म किन पर्ने ? भन्ने लडाई चल्दै आएकोमा अहिले पार्टी बन्छ भने म एक तहत ल परेर पो के भो ? भन्ने खालको मानसिकता पार्टी कार्यकर्ताहरुमा विकासित हुन थालेको पाईएको छ ।

पुर्व माओवादीका विद्यार्थी नेता घनश्याम खरेल भन्छन –‘ जिल्लामा पार्टी एकता नहुँदै हामी विच मनको एकता भई सक्यो । पुर्व एमाले विद्यार्थी  नेता राजेन्द्रबिक्रम कुँवर भन्छन –‘पार्टी एकता भन्दा मनको एकता बढि गर्नु पर्नेमा जोड् दिदै आएका छौं हामी । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने