Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कंचनपुर हत्या प्रकरण: निर्मलाकी आमा भन्छिन् ‘कति शक्तिशाली छ त्यो ?’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १७, कञ्चनपुर |  बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् । शनिबार निर्मलाको घर पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहर्याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे  ।

‘देशका सबै लागेर पनि त्यो अझै लुकेको छ, कति शक्तिशाली छ त्यो ?’ आमा दुर्गादेवीले प्रश्न गरिन् । प्रत्युत्तरमा मन्त्री मगरले दोषी खोजेरै छाड्ने आश्वासन दिइन् । दुर्गादेवीका आँखा रसाइरहकै थिए । यो देखरे मगरले पनि आँशु थाम्न सकिनन् । ‘आफन्त गुमाउदाको पीडा मैले राम्ररी भोगेकी छु,’ उनले भनिन्, ‘छानबिन अघि बढेको छ, हिम्मत नहार्नुस्।’

पहिलेको अनुसन्धानमा प्रहरी नै प्रमाण मेट्न संलग्न पाइएकाले अब पनि त्यस्तै हुने होकि भन्ने शंका रहेको दुर्गादेवीले बताइन्। उनले भनिन्, ‘प्रमाण मेटाउनेहरूमाथि पनि कारबाही होस्, तब मात्र सही अनुसन्धान हुने आशा गर्न सकिन्छ ।’

साउन १० गते साथीको घरमा पढ्न गएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला दोस्रो दिन नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ