2026-10-29 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गर्दै वुटवलमा विरोध प्रदर्शन

प्रेम सुनार, भदौ १७, बुटवल । कप्रेम सुनार, भदौ १७, बुटवल  । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिरोधमा बुटवलमा अधिकारकर्मीहरुले बिरोध प्रर्दशन गरेका छन ।  

पल्सरियन नेपालको आयोजनामा बुटवलमा हिजो  दिउँसो दबाब विभिन्न  माग राख्दै निकालिएको  बिरोध ¥याली  बुटवलको गोलपार्कबाट शुरु भइ योगिकुटी,देबीनगर,मिलनचोकहरुदै पुन अस्पताललाईनमा आएर कोणसभामा परिणत भएको पल्सरियन नेपालका बिशाल भुसालले बताए ।

निर्मला र उनीजस्तै अन्यायमा परेका चेलीहरुको सम्मान र न्यायका लागि बिरोध ¥याली  गरिएको जनाइएको छ ।

पल्सरियन नेपाल बजाज मोटरसाइकल चढ्नेहरुको आधिकारिक संस्था हो । यस्तै पन्तलाई न्याय दिलाउन माग गर्दै बुटवलमा बिभिन्न संघ संस्था तथा युवाहरुले प्रदर्शन गरेका छन् ।

स्थानीय विभिन्न संघसंस्थाहरूको संयोजनमा भएको प्रदर्शनमा युवायुवतीले स्वतःस्फूर्त सहभागिता जनाएका थिए।

प्रदर्शनमा साना साना बालबालिकाहरू पनि आफ्ना अभिभावकका साथ विरोधमा सहभागी थिए। उनीहरूले पीडितलाई न्याय देउ, पीडकलाई सजाय देउ, बलात्कारीलाई फाँसी दे, वि वान्ट जस्टिस, मान्छे बन, तर राक्षस नबन, जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।नीहरूले पीडितलाई न्याय दिलाउन ढिलाई गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीको कडा आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ