२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिले संरक्षण गर्ने धामीले उजाडेको त्यो दलित बस्ती ?

२०७५, १७ भाद्र आईतवार ०८:२९

प्रेम सुनार, भदौ १७ बुटवल ।  सुन्दा पनि अचम्म लाग्छ ।  हाम्रो समाज अझै पनि कुन दुनियाँमा छ ?  अझै पनि बोक्सी, धामी झाँक्रिको बिश्वास र त्रासमा छन मानिसहरु । घना गुल्मीको मदाने गाउँपालिका भित्र एक टोलको हो । जहाँ एउटी धामी काम गर्ने महिलाले  यो टोल अशुभ छ अब छिटै क्रमश सवै मर्छौ भने पछि मानिसहरु गाउँ छाडेर अर्कै स्थानमा बसाई सराई गरेका छन । मदाने गाउँपालिका वडा नम्वर– २ , साविकको बाँझकटेरी १ , शुभे गाउँको कथा हो यो । २०७१ सालमा  त्यस गाउँका ६३ वर्षिय मनबहादुर परियारको मृत्यु भएको थियो । त्यसको ३ वर्ष पछि २०७४ साल भदौ ६ गते उनका जेठा छोरा रने परियारको ३१ बर्षको उमेरमा मृत्यु भएको थियो ।


छिमेकी व्राम्हण समुदायले पहिला आफुहरुले त्यस टोललाई चोख–निष्ठा राखेको तर पछि प्युठानबाट बसाई सराई गरे आएका ति दलित समुदायले पाडा–भैसी काटेर चोख निष्ठा भंग गरेकोले मानिस र गाई भैसी मरेको हुन सक्ने भएको भन्दै माटो हेराउन सुझाव दिए ।मृतकका छोरा दिपक परियार लगाएत गुल्मी र प्युठानको सिमनाको पटौती भन्ने स्थानमा धामी झाँक्री गर्ने ‘देविनी’ भन्ने धामी कहाँ माटो लिएर हेराउन गए । ति देविनीले माटो हेराए पछि ति दुई जनाको मृत्यु यो सुरुवात मात्रै भएको , अव प्रत्येक तिन वर्षमा सवैको मृत्यु हुने ठोकुवा गर्दै वस्ती सार्नु पर्ने वताईन ।

त्यो वके संगै दिपक परियार , उनका भाईहरु रमेश, दिलीप , मृतक रने परियारकी श्रीमति सहितका ६ सन्तान, उनकी आमाको बुढो घर सहित ५ घर त्यतिकै चिटिक्क पारेर बनाईको गोठहरु छाडेर लागे छिमेकी जिल्ला प्युठानको अर्घामा वसाई सराई गर्न ।गत असोज महिना देखि वसाई सराई सुरु गरेका उनिहरुले अहिले सम्म पनि त्यहाँका सर–सामानहरु ओसार्दै छन् । अर्का रनबहादुर परियार पनि बाँझकटेरी कै भेडिखोर भन्ने स्थानमा वसाई सराई गरे । उनि सहित कुल ७ वटा घर , गोठ र शौचालयहरु यति वेला भताभुङ्ग छ ।

गत वर्ष सम्म हराभरा खेतीपाती हुने उनिहरुका जमिनहरु यति वेला झाडीमा परिणत भएका छन् । अहिले जम्मा एक घर देउमती परियारका परिवारजनहरु एक्लै बनेका छन । उनिहरु पनि त्रासमा मुस्कीलले वसेको बताउँ छन् ।

अरुलाई मर्छौ भनेकी देविनी नै पहिला मरिन

बाँझकटेरीका त्यति राम्रा र ठुला–ठुला घर गोठ छाडेर अहिले प्युठान गई छाप्राहरुमा बसेका ति परिवार मध्येका दिपक परियार भन्छन् –‘हामी सवैलाई तिन वर्षको अन्तरालमा मर्छौ भनेकी देवि नै अहिले हामी भन्दा पहिल्लै मरी सकिन भन्ने थाह पायौं । उनको कुर नसुनेको भए त्यस्ता घर गोठ र जमिनहरु छाड्न पर्दो रहेन छ । ’

उनले मुटु भक्कानाउँदै भने–‘ हामी आफै मिस्त्री भएकोले प्रत्येक घरहरु कम्तीमा तिन लाखमा बनाएका थियौं । गोठ वंगला, ट्याईलेटमा पनि लगभग त्यति नै खर्च लागेको थियो । भत्काएर टिन र केहि काठहरु लिएर आएका हौं । अरु सवै खेर गएको छ । त्यस वस्तीको झल्को आई रहन्छ । रुन मन लाग्छ , फेरी त्यही फर्कऔं कि जस्तो पनि लाग्छ तर मरिन्छ कि भन्ने डरले केटाकेटी मान्दैनन । ’

सवै गरेर करोडौंको सम्पत्ती खेर फाल्दै विस्थापित गराउने ति धामी काम गर्दै आएकी महिलाको मृत्यु भई सकेको उनिहरुले बताए पनि आधिकारिक निकायबाट पुष्टी हुन सकेको छैन । उनले धेरै वर्ष देखि हेरखोर गर्दै आएको जानकारी धेरैले दिए । यसरी धामी झाँक्रीका कारण धेरैको अकालमा ज्यान गएको सुनिदै आए पनि सिङ्गो वस्ती नै छाड्नु परेको घटना यस भेगमा यो पहिलो हो । मदाने गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष माधव भुसाल भन्छन –‘ उनिहरुमा जनचेतनाको कमी हो । उनिहरु फर्केर आउँछन भने हामीले पुनस्थापित गर्न सहयोग गर्दछौं । वाख्रा पालन लगाएत आय आर्जन मुलक कार्यक्रमहरु पारेर उनिहरुको जिवन स्तर उकास्छौं । उनिहरु फर्केर आउन हाम्रो अनुरोध छ । ’

त्यसै स्थानका केहि दलित समुदायको यति बेला घर चुहिने भएर त्रिपाल टाँगरेर कस्टकर बसाई बसेका छन । यस सम्वन्धमा मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीको हामीले ध्यानकृष्ट गराएका थियौं ।  चिटिक्क परेका घर गोठहरु छन । उनिहरुले जस्ता पाता मात्रै निकालेर लगेका छन  ति घरहरुमा जस्ताले छाई दिन सके अरु घरबार विहिनहरुलाई बसाल्न सकिन्थ्यो नि ? भन्ने प्रश्नमा प्रमुख केसीले भने –‘एकदम ठिक भन्नु भयो । हामीले ति घरहरु छाएर संरक्षण गर्ने र घरबार विहिनहरुलाई बसाल्ने काम गर्नेछौं । ’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस