भदौ १९, काभ्रे । काभ्रेमा किशोरी बलात्कारको अभियोगमा एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाउ पर्नेमा बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं रहेका छन् ।
आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा भण्डारी आइतबार बेलुकी पक्राउ परेका हुन् ।
१७ वर्षकी किशोरीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले उनलाई पक्राउ गरेको हो ।
सुर्खेत घर भएकी युवती भदौ १२ गते उक्त होटलमा काम गर्न आएकी थिइन् । ९ कक्षामा पढ्ने उनी नियमित काम सकेपछि राति ८ बजेतिर दिदीको कोठामा फर्किदै थिइन् । हुमागाईंले स्कुटरमा लगिदिन्छु भनेर होटलमा लगेर डर धम्की दिएर होटलमा लगेर जबर्जस्ती गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । त्यस दिन राति ११ बजेमात्र उनी दिदी भिनाजुको सम्पर्कमा पुगेकी थिइन् ।