टिप्स- डिम्बवाहिनी नलीको ९० प्रतिशत क्यान्सर असामान्य अर्थात् अनियमित रक्तश्रावपछि मात्र पत्ता लाग्ने गरेको पाइएको छ। यदि तपाईंको पहिले नै महिनावारी सुकेको छ भने वा कुनै रक्तश्राव पनि भएको छ भने त्यसको परीक्षण हुनु पर्छ।

कारणबिनै तौल घट्नु

यदि पहिले तौल बढी थियो वा मोटोपना थियो । तर कुनै व्यायाम र खाना नियन्त्रणबिना नै तौल घटेको छ भने क्यान्सरको जोखिम हुन सक्छ । अर्थात् कुनै व्यायामबिनै तपाईंको तौल १० किलो घटेको छ भने तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुहोस्।

थकाइ लागिरहनु

व्यस्त जीवनमा सातामा एकपटक थकाइ लाग्न सक्छ । यस्तो थकाइ थोरै आरामले मेटिन्छ। तर, थकाइ तपाईंको कामसँग सम्बन्धित छ वा विना काम थकाइ लागिरहेको छ? यदि थोरै काम गर्दा पनि बढी थकाइ लागिरहेको छ भने डाक्टरकोमा गइहाल्नुस्।

भोक नलाग्नु

तपाईंलाई भोक लाग्दैन? अर्थात् जतिबेला पनि अघाएको महसुस हुन्छ ? यस्तो भोक नलाग्नु डिम्बाशयको क्यान्सरको लक्षण पनि हुन सक्छ। चिकित्सकसँग सल्लाह लिइहाल्नुस्।

पेट फुल्नु

महिनावारीका बेला पेट फुल्नृुलाई सामान्य मानिन्छ। तर महिनावारी भएको दुई हप्तापछि पनि पेट फुलेको छ भने ओभरियन (डिम्बाशय)को क्यान्सरको संकेत हुन सक्छ। सचेत भइहाल्नुस्।

खुट्टा सुन्निनु

तपाईंको एउटा खुट्टा मात्र सुन्निरहन्छ बिनाकारण? यो पाठेघरको मुखको क्यान्सरको खतरनाक संकेत हुन सक्छ। एउटा खुट्टा सुन्निने मात्र नभइ त्यसमा दुखाइ पनि छ भने त्यो पनि पाठेघर क्यान्सरकै लक्षण हुन सक्छ।