भाष्कर के.सी | भदौ २१, कञ्चनपुर | राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार पछि गरिएको हत्यामा सीघ्र अनुसन्धान गरि दोषाीलाई कानूनको दायरमा ल्याउनुपर्नेमा, शुरुवाती अवस्थामानै कञ्चनपुर प्रहरीको अनुसन्धान कार्य प्रकृयागतसंगत नभएको प्राम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ ।
मानव अधिकार संरक्षण अभियान कञ्चनपुरबाट सुरु हुदैँ महिला हिंसा न्यूनीकरण एंव मानव अधिकार संरक्षण सम्बन्धि राष्ट्रिय अभियान कञ्चनपुरबाट सुरु गरिने भएको छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालले शुक्रबारबाट राष्ट्रव्यापी मानव अधिकार संरक्षण अभियान कञ्चनपुरबाट सुरु गर्न लागेको जनाएको छ ।
आयोगले बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरि नेपाल प्रहरीसँगको सहकार्यमा महिलाहिंसा न्यूनिकरण एवं मानव अधिकार संरक्षणमा नेपाल प्रहरीको जवाफ देहिता विषयक राष्ट्रिय अभियानको आजबाट प्रारम्भ हुने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल मानव अधिकारकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले महिला हिंसाका घटानाहरु बढ्दै गईरहेकोले घटनाको निष्पक्ष अनुसन्धान र पिडीतको न्यायमा पुहँच अभिवृद्धिका लागी आयोगले अभियान सुरु गर्न लागेको बताईन् । साथै न्याय दिलाउने सम्बन्धि नियाय नै कारवाहिको दायरामा नपरेकाले सत्यतथ्य न्याय सम्पादनमा समस्या भएको प्रवत्ता अन्सारीको बुझाई छ ।