2026-09-14 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरणको डेढ महिना: के छ बम दिदीबहिनीको बयान ?

भदौ २२, कञ्चनपुर | निर्मला पन्तको बलात्कारपछि हत्या भएको डेढ बितिसकेको छ । तर अहिलेसम्म घटनामा संलग्न दोषीको पहिचान हुन सकेको छैन । १३ वर्षीया बालिका निर्मलाको बलात्कार र हत्याको घटनामा प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान नगरेको आरोप लाग्दै आएको छ । 

प्रहरीले नै घटनामा संलग्न प्रमाणहरु नष्ट गरेको आरोप लगाउँदै स्थानीयबासिन्दाले प्रहरीको अनुसन्धानमा शंका गरेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित प्रहरी प्रमुखको सरुवा गरेको थियो । साथै घटनाको छानविन तथा थप अनुसन्धानका लागि भदौ ८ गते गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरी ५ सदस्यीय टोली कञ्चनपुर पठाएको थियो । 

उच्चस्तरीयले टोलीले प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा शून्यबाट अनुसन्धान प्रक्रिया अगाडि बढाए पनि घटनाका प्रमाणहरु फेला पार्न सकेको छैन । प्रहरीले घटनास्थलबाटै प्रमाणहरु नष्ट गरेकाले टोलीले प्रमाणहरु फेला पार्न नसकेको हो । 

सो घटनाको छानविन गर्न कंचनपुर पुगेका उच्चस्तरीय छानविन समितिको टोलि शुक्रबार काठमाडौं फर्किदैछ । टोलीले घटनाको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पारेर काठमाडौं फर्किन लागेको हो । 

टोलीलाई निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो ।

भदौ ८ गते महेन्द्रनगर पुगेको टोलीले सर्वदलीय÷सर्वपक्षीय छलफल गरी ९ गतेदेखि आफ्नो काम अगाडि बढाएको थियो । टोलीले सबैको माग बमोजिम शून्यदेखि अनुसन्धान सुरु गरी घटनास्थल, निर्मला गृहकार्य गर्न गएको घरको अनुगमन तथा पीडित परिवारसँग छलफल गरेको थियो । 

यस्तै, निर्मलाको हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरिएका बम दिदीबहिनी लगायत झण्डै एक सय जनाभन्दा बढीसँग सोधपुछ गरेर त्यसकै प्रतिवेदन तयार पारेको अनुसन्धान टोलि बताएका छनं । 

निर्मलाको बलात्कार र हत्याको प्रारम्भिक अनुसन्धानमा नै प्रहरीले प्रमाण नष्ट गर्ने काम गरेकाले उच्चस्तरीय छानविन समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतसहितका कर्मचारीलाई कारबाहीका लागि सिफारिस गर्ने भएको छ । स्रोतका अनुसार प्रहरीले घटनास्थलबाटै प्रमाणहरु मेट्ने काम गरेकाले छानविन टोलीले प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरीहरुलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

टोलीको सिफारिसपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृत सहित झण्डै १८ जना कारबाहीमा पर्ने देखिएका छन् । छानविन समितिले कारबाहीका लागि सिफारिस गरे अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरु थुनिन सक्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । 

अपराध संहितामा कुनै पनि मुद्दालाई बदलिए वा लापरवाही गरियो भने थुन्न सक्ने व्यवस्था रहेको जिल्ला न्यायाधीवक्ता खेमराज भट्टले जानकारी दिनुभयो । 

निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र वबिता बमलाई फेरि ५ दिनको म्याद थप गरिएको छ । 

जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि फेरि ५ दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । 

यसअघि पनि अदालतले सोधपुछ र अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरेको थियो । उनीहरुको बयान लिने काम भइरहेको छ भने अरुलाई अनुसन्धानका लागि थप ५ दिनको म्याद थप गरिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार रोशनी र बबिता दुबै दिदीबहिनीले निर्मलाको बलात्कारपछि हत्याकाण्डको विषयमा आफूहरु अनविज्ञ रहेको बयान दिएका छन् । 

निर्मलाको हत्यामा संलग्न भएको भन्ने आशंका गरिएका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आशुयमाथि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले उनीहरुकाबारे सुक्ष्म अनुसन्धान थालेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले किरण र आशुयसँग सोधपुछको काम भइरहेको बताउनुभयो । 

उनीहरुमाथि विभिन्न कोणबाट अनुसन्धान भइसकेको बताउँदै उहाँले अहिलेसम्म नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति नदेखिएको बताउनुभयो । 

निर्मलाको घटनाका बेला कञ्चनपुर रहेका किरण बाबुको सरुवापछि उनीसँगै काठमाडौं गएका थिए । उनलाई सोधपुछ र थप अनुसन्धानका लागि कञ्चनपुर झिकाइएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ