२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रविधिको विकाससँगै साइबर अपराध र मानव बेचबिखनका घटनामा वृद्धि

२०७५, २२ भाद्र शुक्रबार ०७:३८

अच्युत रेग्मी | भदौ २२, काठमाडौं । मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ ।

सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा महिला तथा बालबालिका बेचबिखन गर्ने घटनासमेत बढेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार साइबर अपराधमा आर्थिक वर्ष २०७१/७२ मा ३५, आव २०७२/७३ मा ४३, आव २०७३/७४ मा ३२ र आव २०७४⁄७५ मा सयजना व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।

यस्तै मानव बेचबिखन सम्बन्धमा आव २०७१/७२ मा १८१, आव २०७२/७३ मा २१२, आव २०७३/७४ मा २२७ र आव २०७४/७५ मा ३०८ व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।

नेपाल प्रहरीले साइबर अपराध सम्बन्धमा हाल महानगरीय अपराध महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँ र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत मुद्दा चलाउँदै आएको छ भने मानव बेचबिखनको क्षेत्रमा भने देशभरका २०८ प्रहरी इकाइबाट मुद्दा चल्दै आएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्री साइबर अपराधमा युवा वर्ग बढी संलग्न रहेको बताउँछन् । ‘विशेषगरी १५ देखि १९ वर्षका युवायुवती साइबर अपराधमा धेरै लागेको पाइन्छ,’ उनि भन्छन् ।

मानव बेचविखनभित्र यौन शोषण, श्रम शोषण, मानव अङ्ग प्रत्यारोपण, वेश्यावृत्तिलगायतलाई मानव बेचविखनअन्तर्गत राखेकाले मानव बेचबिखनका क्षेत्रमा वृद्धि भएको उनको भनाइ छ । साइबर र मानव बेचबिखनको क्षेत्रमा प्रहरीले सक्रियताका साथ काम गरेको उनको भनाइ छ ।

तराई क्षेत्रमा खुला नाकाका कारण पनि मानव बेचबिखन धेरै हुने गरेको छ । प्रहरीले आव २०७१/७२ मा एक हजार ३७९, आव २०७२/७३ मा एक हजार ६७३, आव २०७३/७४ मा एक हजार ६३० र आव २०७४⁄७५ मा दुई हजार ७७ महिला तथा बालबालिकालाई तराईका विभिन्न नाकाबाट उद्दार गरेको छ ।

मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेका कारण साइबर अपराध बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘सामाजिक सञ्जालमा निःशुल्क ‘डाउनलोड’ गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा ‘डाउनलोड’ गर्दा साइबर अपराध बढी हुने गर्दछ,’– प्रवक्ता क्षेत्री भन्छन्, ‘फेसबुकमा साथी बनाउँदा कस्तो प्रकारको साथी हो चिनेकालाई मात्र साथी बनाउनुहोस् अन्यथा फसाउन सक्छन् ।’

महानगरीय अपराध महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती महाशाखामा एक वर्षमा एक हजार ५०० भन्दा बढी साइबर अपराधसम्बन्धी निवेदन दर्ता भएको बताउँछन् । ‘प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटनामा निवेदन दिनेको सङ्ख्या पनि बढ्दो छ,’–उनि भन्छन् ।

साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । प्रहरी प्रधान कार्यालयले सकभर एउटै कम्प्युटर प्रयोग गर्नुपर्ने र पेनड्राइभ जुनसुकै कम्प्युटरमा प्रयोग नगर्न सुझाव दिएको छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या गर्ने गरेको क्रम बढ्दै गएकाले यस्ता अपराधबाट जोगिन महाशाखाले सबैलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ