२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा बंगलादेश माथि शानदार जित, नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

२०७५, २४ भाद्र आईतवार ०१:०१

भदौ २४, ढाका । आयोजक राष्ट्र बंगलादेशमाथि शानदार जित हात पार्दै नेपाल साफ च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले पराजित गरेको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित २-१ गोल अन्तरले पारजित नेपालले त्यसपछि भुटानलाई ४ गोल गरेको थियो भने बंगलादेशलाई २ गोल गर्न सफल भयो ।

 

त्यस्तै साफ च्याम्पियनसीपमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा पाकिस्तान पनि पुग्न सफल भएको छ  । खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राखेको थियो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई सुरुवाति गोल दिलाएका थिए । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमै परेको थियो तर, उनले रोक्न सकेनन् ।

त्यसपछिको खेल पनि नेपालको दवाबमा रह्यो ।

खेलको ५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरिएको थियो । त्यसपछि निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा नेपालले अर्को गोल गर्न सफल भयो । स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।


जितसँगै समूह एमा रहेको नेपाल समूह बिजेता बन्न सफल भयो भने सोहि समूहको उपविजेता पाकिस्तान बन्यो । भुटानविरुद्ध नेपालले गरेको ४ गोलको कारण गोल अन्तरले पाकिस्तान उपविजेता बन्न पुग्यो । 

यससंगै घरेलु टोली बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित