2026-10-29 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

साहित्यकार सुबु सेन र उपाधी प्राप्त मुमुक्छु सम्मानित, को हुन सुबु सेन ?

प्रेम सुनार | भदौ २४, बुटवल | वरिष्ठ साहित्यकार सुबु  सेन र काठमाण्डौ स्थित पुस्ताकालयका प्रतिनिधी कृष्ण भण्डारी ‘मुमुक्छु’ आज गुल्मीमा सम्मानित भएका छन । ४५ वटा साहित्यीक पुस्तकहरु  प्रकाशित गरि सकेका र देश भक्तीपुर्ण झल्कीने अन्य कृतिहरु  समेत लेखेका सुबु सेनलाई जानकी ज्ञवाली गौतम साहित्यीक पुरस्कार–२०७५ ले सम्मान गरिएको हो ।

त्यस्तै  विद्यावराधी उपाधी प्राप्त गरेका मुमुक्छुलाई  मोती जयन्ती एवं किरण पुस्ताकालय तम्घासको स्वर्ण महोत्सवको अवसरमा सम्मान गरेको हो ।  सम्मानित ति दुवै जना गुल्मीका हुन ।

को हुन सुबु सेन ?

साहित्यकार एवं किरण पुस्ताकालयका सचिव दीन पन्थीका अनुसार साहित्यकार सुवु सेन , नेपालको प्रशासनिक निकायमा सुर्यबहादुर सेन ओलीका  रुपमा परिचीत नाम हो ।  गुल्मी कै साविक बाँझकटेरी गाविसमा विक्रम सम्वत १९९६ साल कार्तिक ८ गते माता टिका देवि सेन र पिता घनबहादुर सेनको कोखबाट जन्मीएका हुन ।

२०३३ साल देखि उनि नेपालको राष्ट्र सेवक कर्मचारीमा प्रवेश गरेका थिए । त्यस अवधीमा उनि विभिन्न जिल्लाको सिडियो , सहायक अञ्चलाधिश र अञ्चलाधिश सम्मको भुमिकामा रहेका थिए । २०६५ सालमा तत्कालिन माओवादीको तर्फबाट संविधान सभाको सदस्य समेत रहेका थिए ।

स्रष्टा सेनका कृतिहरुको समिक्षा गर्दा उनि बहुमुखी प्रतिभाका धनी देखिन्छन । अहिले सम्म उनका ४५ वटा कृतिहरु प्रकाशित भएका छन । प्रकाशित कृतिहरु अख्यान, नियात्रा , काव्यकविता , नाटक , ईतिहास , खोज–अनुसन्धान, प्रबन्ध बिषयका छन ।

कृतिहरु लघु आकार देखि बृहतकार सम्मका छन । कलामा स्नाकोत्तर  र कानुनमा स्नातक सेन अहिले ८० बर्षको उमेरमा आई पुग्दा पनि अर्को कृति बजारमा ल्याएका छन । उनले आजै गुल्मीका बौद्धिक ब्यक्तित्व शशी पन्थीको हातबाट ‘राष्टमातालाई दण्डवत् सेवा’नामक पुस्तक विमोचन गराएका छन । 

उनि मृदुभाषी  र सरल स्वभावका राष्ट्र प्रेमी स्रष्टा हुन । उनलाई प्रदेश ५ , बिशेष अधिकार समितिका सभापति सांसद कमलराज श्रेष्ठले  नगद पुरस्कार, कदर पत्र सहित दोसाल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमका बक्ताहरु  प्प्रर्शसा गरे जस्तो आफु त्यस्तो स्रष्टा नभएको भन्दै उनले महानता देखाएका थिए । तस्वीरमा सम्मानित हुँदै दुवै जना र सेनको पुस्तक विमोचन गर्दै शशी पन्थी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ