Skip to content
Friday, July 17, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरण रहस्यमय बन्दै, छानबिन समितिकै सदस्यले दिए राजीनामा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २५, काठमाडौं | </b>कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरण छानबीनका लागि गठित उच्चस्तरीय छानबीन समितिका सदस्यले राजीनामा दिएका छन् ।</p><p>समितिमा ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव विरेन्द्र केसीले निर्मलालाई न्याय मिल्न नसक्ने जनाउँदै पदबाट राजीनामा दिएका हुन् । भदौं ७ गते गठित समितिले तोकिएको १५ दिनभित्र प्रतिवेदन नबुझाएपछि सरकारले आइतवार समितिको म्याद १५ दिन थपेको थियो । ‘समितिको म्याद थप गर्दा कानूनी समस्या आउने भएकाले मैले राजीनामा दिएको हुँ,’ उपसचिव तथा समितिका सदस्य केसीले भने, ‘अपराधीलाई कठघरामा ल्याउनुपर्छ र पीडित परिवारले न्याय पाउनुपर्यो भन्ने मेरो मान्यता हो ।’</p><p>समितिको म्याद बढाएर ३० दिन पुर्याउँदा कानूनी अड्चन आउने उनको दावी छ ।</p><p>छानबीन समितिका सदस्यले नै राजीनामा दिएपछि घटना झन् रहश्यमय बनेको छ । यसअघि, जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो घटनाक्रम बताएपछि कञ्चनपुरमा आक्रोश बढेको छ ।</p>