२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब प्याडको विकल्पमा मेन्सट‍्रुवल कप, यस्ता छन् विशेषता, कसरी प्रयोग गर्ने ?

२५ भाद्र २०७५, सोमबार १२:०५

एजेन्सी:- महिनावारी भएका बेला किशोरी वा महिलालाई प्याड विकल्पको रूपमा ‘मेन्सट‍्रुवल कप’आएको छ । यो प्याडभन्दा निकै नै सजिलो र स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ। 

यो कप सुरुमा लाउँदा अलि अप्ठेरो र हल्का दुखे जस्तो भएता पछि सजिलो र आरामदायी महसुस गराउँछ । यस कपलाई ४ देखि १० घन्टा लगाइसकेपछि फेरि राम्ररी धोएर प्रयोग गर्न सकिन्छ । यसलाई दिनमा तीन–चारचोटि धुनुपर्छ ।

यो कप प्याडभन्दा किफायती, आरामदायी, हाइजिनिक अनि वातावरणमैत्री रहेको छ । उमेर अनुसार कपको साइज पनि फरक हुन्छ । 

सुरुमा एकदमै धेरै रगत बग्दा यसलाई चार घन्टा लगाउन सकिन्छ भने कम आएको खण्डमा यसलाई १२ घन्टासम्म पनि प्रयोग गर्न सकिन्छ ।

यो विभिन्न साइज तथा रङमा उपलब्ध छ । स्ट्रिङसहित र स्ट्रिङरहित गरी यो दुई प्रकारको हुन्छ, जसमा चार वटा स–साना प्वालहरू हुन्छन् । यसलाई योनीभित्र पसाउँदा दोबारेर राख्नुपर्छ ।

भेजिनल प्यासेजमा यी प्वाल राखिन्छ, जसले खुला बनाइदिन्छ र प्यासेजमा गएर अड्केर बस्छ । यो गर्भाशयभन्दा माथि जाँदैन भने भेजिनल प्यासेजभन्दा तल आउन पाउँदैन । यसलाई निकाल्दा अलिकति दबाएर भ्याकुम निस्कन दिनुपर्छ अनि सहजै निकाल्न सजिलो हुन्छ । 


कपमा रगत जम्मा हुने भएकाले कपडामा लाग्ने सम्भावना हुँदैन । महिनावारी अवधि सिद्धिएपछि सफा पानीले मज्जाले पखालेर दुई–तीन मिनेटसम्म उमालेर प्याक गरेर राख्नुपर्छ । 

यसले किशोरी तथा महिलालाई दैनिक जीवनमा निकै सहज बनाइदिन्छ । प्याड लुगा लगाउँदा बाहिर पनि देखिन सक्ने सम्भावना हुन्छ तर कप योनीभित्र रहने हुँदा कसैले ख्याल गर्दैनन् । 

स्यानिटरी प्याड हामी धेरैले एकचोटि प्रयोग गर्दा धेरैबेरसम्म राखेर फेर्ने पत्तो पाइराखेका हुँदैनन्, जसले गर्दा संक्रमण हुन सक्छ । तर यो उच्चस्तरीय मेडिकल उपकरणले बनेको हुँदा संक्रमणको खतरा हुँदैन । 

महिनैपिच्छे प्याड किन्नुपर्दा एक त झन्झट हुन्छ त्यसमथि करिब दुई सय रुपैंयाको त महिनामा प्याड किन्नमै जान्छ । यसरी वार्षिक रूपमा धेरै पैसा खर्च भइराखेको हुन्छ । यो एक पटक किनेपछि १२ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।  करिब दुई हजार रुपैयाँमै किन्न सकिने भएकाले आर्थिका भार पनि कम हुन्छ । 

मेरी स्टोप्स नेपालले अहिले ‘बाई–बाई प्याड’ भन्ने अभियान नै चलाएको छ । यो प्याड मेरी स्टोप्स सेन्टर तथा विभिन्न मार्टहरूमा पनि किन्न पाइन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट