२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीजमा निराहार ब्रत बस्दै हुनुहुन्छ ? एकचोटी अवस्य पढ्नुहोस्

२६ भाद्र २०७५, मंगलवार ०७:५४

टिप्स:- हिन्दु महिलाहरुको चाड तीजको सांस्कृतिक महत्व छुट्टटै छ। महिलाहरुले रातै सजिएर मनाउने यो पर्वमा निराहार ब्रत बस्ने परम्परा छ। पतिको सुस्वास्थ्यको कामना गर्दै पानीसमेत नपिउनेहरु उत्तिकै छन् अहिले पनि।  

तर, चिकित्सकहरु भन्छन्, ‘निराहार ब्रतले महिलाहरुको स्वास्थ्यमा गम्भीर असर गर्छ।’

त्यसैले ब्रतालुको भिड लाग्ने शिव मन्दिरहरुमा उपचार गर्ने टोलीहरु नै खटिनुपर्ने अवस्था छ। पशुपति क्षेत्रमा आज उपचार गर्ने स्वयम्सेवीहरु पनि छन्। आफ्नै शरीरलाई सास्ती दिएर ब्रत बस्न नहुने तर्क छ चिकित्सकहरुको। 

किन बस्नुहुन्न निराहार ब्रत?

ओम अस्पतालमा आइसीयुमा कार्यरत  डाक्टर दिलजान मन्सुर भन्छन्, ‘वास्तवमा व्रत बस्नु हुन्न। ३ घण्टाभन्दा बढी भोकै बस्नु हानिकारक हुन्छ। भोकै बस्दा शरीरमा ग्लुकोजको मात्रा कमी हुन्छ। ग्लुकोज भएन भने शरीरका अंगहरु मुटु, कलेजो, मष्तिक र मिर्गैलामा असर पर्छ।’

भोको बस्दा पेटमा ‘किटोन’ बढ्छ। शरीर कमजोर भएर रिंगटा लाग्छ। ब्रेन डेथ हुनसक्छ। 

मनसुरले सचेत गराए, ‘रोगी महिलाहरुले निराहार ब्रत बसे भने हर्ट अट्याक हुनसक्छ। सुगर,प्रेसर भएका र अन्य दीर्घरोगीहरुले ब्रत बस्न नै हुँदैन। स्वस्थ महिलाहरुले ब्रत बस्दा पनि सावधानी अपनाउनुपर्छ।’

कसरी बस्न सकिन्छ ब्रत ?

मन्सुर भन्छन्, ‘शरीरलाई चाहिने ग्लुकोज फलफूल,जुस र पानीबाट प्राप्त गर्न सकिन्छ। इनर्जी डिङ्स, दहीमा फलफूल मिसाउँदा पनि शरीरलाई आवश्यक पर्ने ग्लुकोज प्राप्त हुन्छ।’

यसरी फलफूल र जुस खाएर ब्रत बस्यो भने शरीरका कोशिका मर्दैनन्। रिंगाटा लाग्दैन र शरीर सुख्खा नभएपछि महिलाहरुलाई असर नपर्ने मनसुर बताउँछन्।

मनोरोग विशेषज्ञ डाक्टर संजीव गौतम ब्रत बस्नु राम्रो भए पनि निराहार ब्रत बस्दा मानसिक रुपमा गाह्रो हुने बताउँछन्। 

उनी भन्छन्, ‘भोको, बस्दा रीस उठ्ने, रिंगाटा लाग्ने हुनाले मानसिक रुपमा असर पर्छ। फलफूल खाएर रमाइलोसँग चाडपर्व मनाउने हो भने तीजबाट मनारोगीहरुलाई राहत मिल्न सक्छ। तर, भोकै भने बस्नु हुन्न।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते