2026-06-28 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ सेमिफाइनल: नेपाललाई ३-० गोलले पराजित गर्दै माल्दिभ्स फाइनलमा

भदौ २७, ढाका । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले फाइनल यात्रा तय गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा माल्दिभ्सले खेलको ९ औं मिनेट पहिलो गोल, ८४ औं मिनेटमा दोश्रो गोल र ८६ औं मिनेटमा तेश्रो गोल गर्दै साफ च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेकोई हो  । 

बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका थिए । नेपाल माल्दिभ्सलाई पराजित गर्दै २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिमा बनाएको थियो तर सेमिफाइनलमै रोकिन पुगेको छ ।

खेल सुरु भएको २७ औं मिनेटमा भारी बर्षाको कारण रोकिएको थियो, जति बेलासम्म माल्दिभ्सले १ गोलले अग्रता लिन पुगेको थियो । खेलको नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । उनले उत्कृष्ट फ्रिकिकबाट गोल गरेका थिए । 

खेलमा नेपालले माल्दिभ्सलाई धेरै दवावमा राख्ने कोसिस गरेपनि नेपालले कुनै गोल गर्न भने सकेन ।  यसैबीच खेलको ८४ औं मिनेटमा माल्दिभ्सले अर्को गोल थप्दै फाइनल यात्रा सुनिस्चित गर्यो । जुन गोल माल्दिभ्सका लागि इब्राहिम वाहिद हसनले गरेका थिए । लगत्तै अर्को गोल पनि इब्राहिम वाहिद हसनले ८६ औं मिनेटमा गरेर माल्दिभ्सलाई ३-० गोल अग्रतामा बलियो बनाइदिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी