भदौ २८, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे गृहमन्त्रीले भोलि संसदमा जवाफ दिने प्रतिबद्धता सरकारले गरेपछि कांग्रेसद्वारा अवरुद्द भएको संसदको बैठक खुलेको छ ।
बिहीबार प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेको थियो ।
दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले निर्मला पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताएका छन् । उनले सबै घटनाका अभियुक्तलाई उचित समयमा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको समते बताएका छन् । साथै सम्बन्धीत मन्त्रीहरुले भोलि सदनमा जवाफ दिने प्रतिवद्धता जनाएका छन् ।