भदौ २८, काठमाडौं | प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौं | प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्प"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुर हत्या प्रकरण: निलम्बित बिष्टसहित अन्य २ जनाको डिएनए परीक्षण सुरु

२८ भाद्र २०७५, बिहीबार ११:४४

भदौ २८, काठमाडौं | प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको हो।

यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परिक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो। उनीसँगै घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको थियाे।

शंकास्पद मानिएका तीन जनाको घटनामा संलग्नता नदेखिएपछि प्रहरीले नयाँ शिराबाट अनुसन्धानलाई अगाडि बढाएको हो।

न्यायको लागि हाल काठमाडौं आएका निर्मलाका बुवाआमा तथा आफन्तले निलम्बित एसपी विष्ट, उनका छोरा तथा मेयरका भतिजाको पनि डिएनए परिक्षण हुनुपर्ने माग राखेका थिए।

घटना भएको ४९ दिन पुगिसक्दा पनि प्रहरी निर्मला पन्तको हत्यारा पत्ता लागउन असमर्थ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो