2026-09-14 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

भदौ २९, तुलसीपुर (रासस) | अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोड्नुभएको छ । 

आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आउनुभयो । आँखामा समस्या भएपछि गाउँघरमा अझै पनि देवी देउता लागेको र आँखा बन्द तथा कमजोर भएको भन्ने अन्धविश्वास कायमै रहेको छ । आँखामा समस्या आएपछि धामीझाँक्रीबाट झारफुक गर्ने प्रचलन र हेल्चेक्रयायीले गर्दा धेरैले दृष्टिविहीनताको समस्या भोग्नुपरेको छ । 

एक वर्ष पहिले आँखा कमजोर भएकी रोकायले गाउँघरमा धामीझाँक्रीलाई देखाएको र एक वर्षसम्म विभिन्न झारफुक गरेर पनि सञ्चो नभएपछि दाङको लमहीस्थित आँखा अस्पतालमा उपचारका लागि उहाँका श्रीमान्ले ल्याउनुभएको छ । 

बिहीबार लमही आँखा अस्पतालमा उपचारका लागि आएका रोकायका परिवारले धामीले भूतप्रेत लागेको भने र झारफुक गरेको र पछि दुवै आँखा बन्द भएपछि स्थानीयको सल्लाहमा आँखा अस्पतालसम्म आएको श्रीमान् लालबहादुर रोकायले बताउनुभयो । 

“गाउँघरमै धामीझाँक्री गर्दा सञ्चो नभएपछि उपचारका लागि यहाँ आएका हौँ अहिले आफ्नो बच्चालाई समेत उसले चिन्न नसक्ने भएको छ”, लालबहादुरले भन्नुभयो । 

माथिको तश्विरमा: अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ बर्षिय सुकमाया रोकाय डेढ बर्षदेखि आँखा देख्न छोडेपछि गाउँघरमै धामीझाँग्री गरेको र धामीझाँग्री गर्दा पनि सन्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउँदै । तस्वीरः बालाराम खडका, तुलसीपुर दाङ

त्यस्तै रोकायको दुवै आँखामा मोतिबिन्दुका कारण बन्द भएको अस्पतालका नेत्र विशेषज्ञ डा एरिक वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार रोकायको एउटा आँखामा मोतिबिन्दु धेरै पुरानो भएको र एउटा आँखामा मोतिबिन्दु भर्खर शुरु भएको बताउनुभयो । 

डाक्टर वैद्यले रोकायको आँखामा देखिएको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बताउनुभयो । रोकायको जाँच भइरहेको र दुवै आँखामा मोतिबिन्दु रहेकाले आँखा बन्द भएको बताउनुभयो । 

त्यसैबीच आर्थिक अवस्था कमजोर भएका रोकाय परिवारलाई लमही आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले बताउनुभयो । सो परिवारलाई खान, बस्न र यातायात खर्चमा समेत सहयोग गर्ने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले