2026-10-29 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थुनिएको बडिगाड खोला बग्न थाल्यो

 भदौ ३०, गुल्मी । पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ । खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौँ घर जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बडिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ । 

खोला थुनिँदा तीन किलोमिटरसम्म पानीको ताल बनेको स्थानीय रविलाल पौडेलले बताउनुभयो । अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले फुट्ने सम्भावना कम रहेको पौडेलले बताउनुभयो । खोला थुनिएपछि बागलुङका खार र खर्बाङ बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, इन्दे्रगौँडा, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवती गाउँपालिकाको जोहाङ खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घर उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीमा माइकिङ गरिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ । 

बाग्लुङको बडिघाट गाउँपालिका–७ का वडाध्यक्ष कृष्ण गुरुङका अनुसार मलकट्ठीबाङका करीब एक दर्जन घर डुबानमा परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ