2026-06-28 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ च्याम्पियनसिपको उपाधि मालदिभ्सलाई, भारत २-१ ले पराजित

भदौ ३०, काठमाडौं | साफ च्याम्पियनशीप खेल अन्तर्गत बंगलादेशमा भएको फाइनल खेलमा भारतलाई हराउँदै मालदिभ्सले उपाधि उचालेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा शनिबार साँझ सम्पन्न फाइनल खेलमा माल्दिभ्सद्वारा भारत २–१ गोलले पराजित भएको हो ।

समूहचरणमा भारतसंग खेल्दा हार बेहोरेको माल्दिभ्सले बदला लिंदै महत्वपूर्ण खेल मात्र जितेन, दोश्रो पटक साफ च्याम्पियन बन्न पुगेको छ । भारतलाई पराजित गर्ने क्रममा मालदिभ्सले पहिलो हाफमा र दोश्रो हाफमा गरि २ गोल गरेको थियो । पहिलो हाफको १९ औं मिनेटमा इब्राहिम मेहुधीले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाए भने खेलको दोश्रो हाफको ६६ औं मिनेटमा काउण्टर अट्याक गर्दै माल्दिभ्सले अर्को गोल गर्दै बलियो बन्यो ।


भारतले खेलको अतिरिक्त समयको दोश्रो मिनेटमा सुमित पासीले गोल गरेर खेलमा केहि आशा जगाए पनि ५ मिनेट थपिएको अतिरिक्त समयमा अर्को गोल गर्न नसक्दा २-१ गोलले भारत पराजित बन्न पुग्यो । 

भाग्यले सेमिफाइनल यात्रा तय गरेको माल्दिभ्सले सेमिफाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी