भदौ ३१, काठमाडौं । अमेरिकी डलरको भाउ केहि दिन देखि स्थिर अवस्थामा छ । निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज १ अमेरिकी डलरको खरिददर ११४ रुपयाँ ६६ पैसा छ भने बिक्रीदर ११५ रुपयाँ २६ पैसा छ ।
अमेरिकी डलरको भाउ बढ्दा विदेशमा काम गरेर नेपालमा पैसा पठाउनेहरुलाई फाइदा पुग्ने गर्छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक युरोको खरिददर १३४.१२ छ भने बिक्रीदर १३४.८३ छ । त्यस्तै आज १० जापनिज एन बराबर खरिददर १०.२५ छ भने बिक्रिदर १०.३० रहेको छ ।
त्यस्तै आज १ साउदी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २२ पैसा रहंदा बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ ।
यता मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यस्तै कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २५ र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर ३ सय ८० रुपैयाँ ७७ पैसा रहेको छ ।
यस्तै बहराइनी दिनार एकको खरिददर ३ सय ०४ रुपैयाँ १४ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ ७३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हरेक दिनको विनिमय दर हेर्न तथा बैदेशिक रोजगारीको सबै जानकारी पाईराख्न ‘Baideshik Rojgar’ मोबाइल एप डाउनलोड गर्न सकिन्छ । यो एप यो लिंकमा क्लिक गरेर पनि डाउनलोड गर्न सक्नुहुनेछ >> https://play.google.com/store/apps/details?id=com.sajhajobsproject