२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: अनुसन्धानको जिम्मा कञ्चनपुर प्रहरीकै

२०७५, १ आश्विन सोमबार ०२:४७

असोज १, कंचनपुर | निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलग-अलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको हो ।

घटनास्थल कञ्चनपुर भएकाले अनुसन्धान गर्ने पहिलो दायित्व स्थानीय प्रहरीकै भए पनि त्यसलाई सहयोग गर्न काठमाडौंबाट अनुसन्धान टोली पठाइएका थिए।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले कञ्चनपुर प्रहरीले माग्ने साधानस्रोत उपलब्ध गराउने गरी अनुसन्धान गर्ने जिम्मा दिइएको बताए। ‘छानबिन समितिका सुझाव, प्रहरी प्रधान कार्यालयको सहयोग सबै उपलब्ध हुनेछन्।

हत्यारा पत्ता लगाउने र कारबाही गर्ने जिम्मा कञ्चनपुर प्रहरीकै हो । अनुसन्धान र मुद्दा उतैबाट चल्छ’, उनले भने। उनका अनुसार कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले अनुसन्धान सुरु गरिसकेका छन् ।

कञ्चनपुर प्रहरीले घटनासँग सम्बन्धित सबै प्रमाण नष्ट गरेको आरोप लागेको छ । आन्दोलन चर्कंदै गएपछि त्यसबेला जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा रहेका सबै प्रहरी अधिकारी निलम्बनमा परेका छन् ।

एसपी डिल्लीराज बिष्ट, डिएसपी ज्ञानकुमार सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश भट्ट तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ । 

- यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा