२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुवा खेलिरहेका प्राध्यापकदेखी नेतासम्म प्रहरी निन्त्रणमा, ४ लाख २५ हजार बरामद

१ आश्विन २०७५, सोमबार ०३:५१

टेकेन्द्र बोहरा | असोज १, बझाङ | जिल्ला प्रहरी कार्यल बझाङले जुवा खेल्दै गरेको अवस्थामा ८ जना लाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको होटेल माउन्टेन भ्यु होटेलबाट जुवा खेल्दै गरेको अवस्थामा ८ जना र होटल होटल सँञ्चालक सहित ९ जनालाई प्रहरीले निन्त्रणमा सनिवार लिएको हो ।

जुवा खेल बाट प्रहरीले ४ लाख २५ हजार ४ सय २० रुपैया नगद समेत बरामत गरेको जिल्ला  प्रहरी कार्यालयका प्रहरीनायब उपरिक्षक प्रविण धितालले बताउनु भएको छ ।

प्रहरीको  नियन्त्रणमा परेका जुवा खेल्नेहरुमा मष्टा गाँउपालीका ५ का लाले भनेर चिनिने लाल बहादुर बोहरा, नेकपाका पुर्व माओवादीका नेता शिबराज बोहरा, साथै सोही गाँउपालीका वडा नँ ७ का मात सिहँ बोहरा रहेका छन् ।

यस्तै जयपृथ्वी नगरपालीका वडा नँ ५ का कलक बहादुर सिहँ, सोहि नगरपालीका वडा नम्बर ३ का गणेश रोकाया, वडा नम्बर ११ का प्रकास रोकाया रहेको डिएसपि धिताले बताउनु भयो ।

प्रहरी प्रमुख धितालका अनुसार  बझाङ छविसपाथीभेरा गाँउपालीका वडा नँका  ७ का तिलक धामी र सोही गाँउपालीका वडा नँ २ का जयपृथ्बी बहुमुखी क्याम्पसका प्राध्यापक विराट सिहँ कठायत रहेको बताउनु भयो ।

प्रहरीले शनिबार राती विषेश सुचनाको आधारमा माउन्टेन भ्यु होटेलको २०४ नम्बर कोठा बाट जुवा खेली बसि रहेको अवस्थामा प्रक्राउ गरेको थियो । 

होटेल संचालक सुर्मा गाँउपालीका ४ घर भएका चक्र बहादुर बोहरालाई पनी नियन्त्रणमा लिएको छ । भदौको पहिलो सात देखी सदरमुकाम चैनपुरमा ठुलो रकमको जुवा तास  खेलाईरहेको समाचार सँञ्चार माध्यममो आउन थाले पछी पहिले पटक जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक प्रविण धितालले जुवा तासलाई बन्द गर्ने अडानका साथ जुवाडेहरुलाईै प्रक्राउ गरेको डिएसपि धितालले दाबी गर्नु भएको छ ।

यस अघि प्रहरीकै मिलेमतोमा जुवाखेल हुदै गरेको गुनासो आए पछी पछिल्लो समय प्रहरी प्रशासन पनी बदुनामी भएको हुँदा सरुवा भएरका आएका डिएसपि धितालले आफु आएको पहिलो सातामा नै जुवाडेलाई प्रक्राउ गर्न सफल भएका छन् ।

पक्राउ परेका लाई फौजदारी कार्य्विधी संहिता ऐन २०७४ को १२५ को १ बमोजीक मुद्धा दर्ता गरेको बताईएको छ । उक्त कानुनमा पहिलो पटक जुवा तास खेल्ने ब्यक्तीलाई तिन महिना कैद वा ३० हजार जरीवा गरीने ब्यवस्था छ भने दोस्रो पटक प्रक्राउ परे १ बर्ष कैद र ५० हजार जरीवाना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै