2026-09-14 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरका ९ वटै स्थानीय तहमा संविधान दिवस

असोज ३, कञ्चनपुर | नयाँ संविधान जारी भएको दुई बर्ष पुरा भएको छ । नेपालको संविधान २०७२ जारी भएको ३ असोजका दिन कञ्चनपुरमा पनि संविधान दिवस मनाईएको छ । दुई गाउँपालिका सहित सात नगरपालिकाले एकसाथ संविधान दिवस २०७५ मनाएका छन् ।

बुधबार बिहान जिल्लाका ९ वटै स्थानीय तहले एकसाथ बिहान संविधान दिवस मनाएका हुन् । बेलडाँडी, लालझाँडी गाउँपालिका, बेलौरी, पुर्नवास महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले आ–आफ्नो नगरपालिकामा दिवस मनाएका छन् । भीमदत्त नगरपालिका र जिल्ला समन्वय समितिले संयुक्त रुपमा दिवस मनाएका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरका अनुसार सबै स्थानीय तहले एकसाथ बिहान आ–आफ्नो स्थानीय तहमा ¥याली निकाल्दै दिवस मनाएका छन् । संविधान कार्यान्वयनमा सरोकारवाला निकायले जोडदिएका छन् ।

 जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले संविधान कार्यान्वयनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिए । संविधान दिवसको जिल्लावासीलाई शुभकामना दिदै प्रमुख तामाङ्गले संविधानले थुप्रै उपलब्धी ल्याएको भन्दै रक्षा गर्नुपर्ने बताए ।

संविधान कार्यान्वयनका लागि कर्मचारी र जनप्रतिनिधीको भूमिका हुने उनको भनाई छ । ७ नम्बरका प्रदेश सभा सदस्य द्वय तारालामा तामाङ्ग र लाल बहादुर खडकाले संविधान कार्यान्वयनका लागि चुनौती रहेको बताए ।

संविधान आएको दुई बर्षपुरा भई तेस्रो बर्षमा प्रवेस गरेपनि यहाँका जनताले नौलो अनुभूति नै गरेका छैनन् । कञ्चनपुरका स्थानीय अगुवा पदम जोशीले दिवस मनाउने, सीमिति कागजमा संविधान, ऐन, कानुनी लेखेर मात्रै नयाँको जस्तो अनुभूति नहुने बताए । स्थानीयले संविधान कार्यान्वयनमा जोडदिएका छन् । बेलडांडी गाउँपालिकाको आयोजनामा संविधान दिवस भब्यताका साथ सम्पन्न भएको छ ।  बेलडांडी गाउँपालिकाका मुख्य बजार बेलडांडी र चवन्नी वजारको परिक्रम गरि बेलडांडी गाउँपालिकाको प्राङ्गणमा सभामा परिणत भई कार्यक्रम संचालन भएको बेलडांडी गाउँपालिकाका सुचना अधिकारी राज बहादुर बिष्टले बताए ।  संविधानको बारेमा सकारात्मक टिप्पणी गर्दै संविधानलाई स्वागत गरेका थिए । कार्यक्रमलाई भब्य बनाउन सुदूर पश्चिमेलीहरुको छलिया नाच र थारुसमुदायले खेल्ने सखिया नाच समेत कार्यक्रममा प्रस्तुत गरिएका थिए । कार्यक्रममा बोल्दै गापाका अध्यक्ष तथा कार्यक्रमका सभापति धन बहादुर थापा क्षेत्रीले संविधानले आफुहरुलाई दिएको अधिकार भन्दा दायाँ बायाँ नगई संविधानले दिएको अधिकार भित्र रही गापाको विकास गर्नेमा कठिबद्ध रहेको बताए । कञ्चनपुरका विभिन्न राजनीतिक दल, नागरिक समाज, विद्यालय, विद्यार्थी, क्लब, समुहले विवित कार्यक्रम गरि भव्य रुपमा दिवस मनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ