२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग: २८ जना विदेशी खेलाडी अनुबन्धित, कुन क्लबले कसलाई भित्र्याए ?

११ आश्विन २०७५, बिहीबार १०:३२

असोज ११, काठमाडौं  |  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । 

लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् । लिगमा सहभागी २८ विदेशी खेलाडीमध्ये सबैभन्दा बढी नाइजेरियाका १२, क्यामरुनका पाँच, आइभरीकोस्टका चार, गिनीका दुई तथा माली, बुर्किना फासो, घाना र बङ्गलादेशका एक–एक खेलाडी ए डिभिजन लिगमा अनुबन्ध भएका छन् । 

थ्री स्टार, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, सरस्वती युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । अहिलेसम्म सबैभन्दा बढी चार विदेशी खेलाडी फ्रेन्ड्स क्लबले अनुबन्ध गरेको छ । उसले करिम मोहम्मद नुरुल (बङ्गलादेश), सिल्ला सुलेमाने (गिनी), फोफाना ब्राहिमान (आइभरीकोस्ट) र ओडेह ओलुवासोगो ग्लोरी (नाइजेरिया)लाई क्लबमा भित्र्याएको छ । 

त्यसैगरी थ्री स्टारले अजाइ मार्टिन्स (नाइजेरिया) र पिटर सेगुन (नाइजेरिया), मनाङ मर्स्याङ्दीले ओजानीबुजे भिक्टर अमोबी (नाइजेरिया), अदेलाजा सोमिडे ओलुवाउम्नी (नाइजेरिया) र ओलादिपो अफिज ओलावाले (नाइजेरिया) तथा सङ्कटा क्लबले नोर्बट सेड्रिक अबा (क्यामरुन), अर्नेस्ट टाम्पी (क्यामरुन) र म्याक्सेल इलोन (क्यामरुन)लाई टिममा अनुबन्ध गरेको छ । ब्रिगेड ब्वाइजले काजिम अदेगोके बुसारी (नाइजेरिया), ताजुदिन अदेकुन्ले बुसारी (नाइजेरिया) र अबु करिम हामद सिया (घाना), हिमालयन शेर्पा क्लबले याकुबा सावादोगो (बुर्किना फासो), दादी जुनियर वाम्बा (क्यामरुन) र प्याट्रिक प्रिभाट गोहा (आइभरीकोस्ट), जावलाखेल युथ क्लबले ओलाकेन अफिज लावल (नाइजेरिया), अदामा डुम्बिया (माली) र फोफाना फेडे (गिनी), न्युरोड टीम एनआरटीले क्रिष्टियनवासीले कामिने (क्यामरुन), मसुद ओपेएमी अग्बोला (नाइजेरिया) र कुआसी जिन डिडियर इस्मेल योबोए (आइभरीकोस्ट) र सरस्वती युवा क्लबले सोलो (नाइजेरिया), कासी (नाइजेरिया) र कुलिबाल (आइभरीकोस्ट)लाई क्लबमा भित्र्याएका छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरेको छ । चारमध्ये एकजना सार्क देशको हुनुपर्ने प्रावधान छ । तीन विदेशी खेलाडी अनुबन्ध गरेको अवस्थामा भने उक्त नियम लागू हुने छैन । राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । 

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की