२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एशिया कप क्रिकेट: नेपाल र भारतबीच खेल हुने

२०७५, १२ आश्विन शुक्रबार १०:२४

असोज १२, काठमाडौँ | बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । 

त्यतिबेलाको प्रतियोगितामा नेपाल पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको थियो । गत संस्करणको खेलमा भारत नेपालसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । त्यस्तै समूह बी मा श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । 

एशिया कप हुनुअघि भारतमा भएको एक दिवसीय सिरिजमा नेपाल भारतको ‘ए’ र बी दुबै टोलीसँग पराजित भएको थियो । त्यस्तै अफगानिस्तान विरुद्धको खेलमा भने नेपाल विजयी भएको थियो । त्यसपछि तेस्रो स्थानको लागि भएको भिडन्तमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । 

नेपाली टोलीमा कप्तानको भूमिका मोहम्मद आसिफ शेखले निर्वाह गर्नेछन् भने उपकप्तान कमल सिहं ऐरी छन् । टोलीको अन्य खेलाडीमा रोहितकुमार पौडेल, रवी शाह, सूर्य तामाङ, पवन शर्राफ, रवीन्द्रजङ्ग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दिप जोरा, नन्दन यादव, रीत गौतम, सागर ढकाल र अरुण ऐरी छन् । 

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् । सहायक प्रशिक्षकमा मनोज कटुवाल छन् । दुबै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?