२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री थापा गुल्मीमा, नेविसंघले बिरोध गरेको देखेर भने–‘ ठिक गरे भाईहरुले…’ (फोटो फिचर)

२०७५, १३ आश्विन शनिबार १३:५०

प्रेम सुनार | असोज १३, गुल्मी | आज सदरमुकाम तम्घासको एक कार्यक्रमलाई सम्वोधन गर्न आई पुगेका गृहमन्त्री रामबहादुर थापा  ( वादल )  लाई  कार्यक्रम स्थल  मै पुगेर नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले   विरोध प्रर्दशन गरेका छन ।   लाईन्स क्लव अफ लर्ड बुद्धले  आयोजना गरेको  बृहत स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्न गुल्मी आई पुगेका गृहमन्त्री थापा विरुद्ध  तिन वटै सुरक्षा निकायको बाक्लो उपस्थितीका बावजुद पनि मञ्च अगाडी पुगेर  नेवि संघका विद्यार्थीहरु विरोध प्रदर्शन गर्न सफल भएका हुन् ।

शरिर छामझुम समेत गरिएको भनिएकोमा  विरोध प्रदर्शनको ब्यानर  खल्तीबाट झिकेर देखाएका थिए ।  निर्मला पन्तको हत्यारालाई गिरफतार गर, वलात्काररी गृहमन्त्री राजीनामा दे… जस्ता नारावाजी गर्न थाले पछि धेरै बेर सम्म प्रहरी र प्रदर्शनकारी बिच घुचडा घुचाड चलेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेत नै अगाडी सरेर उनिहरुलाई गेट सम्म धपाएका थिए ।   कार्यक्रम स्थल महेन्द्र नमुना माध्यामिक विद्यालयको गेड बाहिर निकाल्न लागेका बेला भो अब हामी विरोध गर्दैनौ यहि बसेर हेर्छौ भने पछि छाडिएको थियो ।

लगत्तै गृह मन्त्रीको सम्वोधन सुरु भयो । उनले भनाई यस्तो थियो–‘  अघि भर्खर केहि उत्साही भाईहरुले  विरोध प्रदर्शन गर्नु भयो ।  म त्यसको स्वागत गर्छु  । ठिक गर्नु भयो  केहि उत्साही भाईहरुले यस्ता आवाज यहाँ उठईनु पर्छ,  सदनमा पनि उठाईनु पर्छ  । निर्मला पन्तहरुका हत्यारा पत्ता लाग्नै पर्छ । थुप्रै महिलाहरु बलात्कारको शिकार र हत्या भई रहेका छन । ति मध्ये ९५ प्रतिशत अपराधीहरुलाई   कानुनको कठघरामा उभ्याई सकिएको छ । अब छिट्टै निर्मलाका हत्याराहरुलाई पनि उभ्याईने छ ।


अहिले विधीको साशन छ , यस अघि कुसाशन थियो । जसले जे गरे पनि भएकै थियो  । अहिले त्यही मन परी गर्नेहरु , देशका हरेक क्षेत्रमा तस्करी गर्ने तस्करहरु , अपराधीहरु,  राज्यलाई कर छली गर्ने ठगहरु सल्वलाएर सरकार माथी खनिएका छन । सरकार यस्ता विसंगती अन्त्य गर्न त्यस्ता ठग, हत्यारा  र बलात्कारीहरुलाई तह लगाउ लागी परेको छ ।  आज विश्व मुटु दिवसको अवसरमा जुन बृहत स्वास्थ्य शिविर राखियो । आयोजकलाई म धन्यबाद दिन चाहन्छु ।

मुटु सम्वन्धि रोग बढि मात्रमा गरिवलाई लाग्छ ।   यसर्थ  गरिव जनतालाई समृद्धिको दिशा तर्फ लैजाने गरी सरकार अघि बढेको छ । मुलुकमा शान्ति नआई समृद्धि हुन सक्दैन । देशैभर वलात्कार गर्ने बलात्कारीहरु बढ्दै छन । त्यस्ता बलात्कारीहरुलाई कडा भन्दा कडा सजाएँ हामी दिलाउने छौं । यहाँ पनि त्यस्ता बलात्कारी छन भने भन्नु होस हामी कानुनी कठघरामा उभ्याएरै छाड्ने छौं ।’  उनले गुल्मीको स्वास्थ्य क्षेत्रमा केन्द्र सरकारले  समधन गर्नु पर्ने केहि समस्या भए  समधान गरिने आश्वासन पनि दिए ।

उनि संगै सशस्त्र प्रहरी बलका सशस्त्र  प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि गृह जिल्ला आएका  थिए । सशस्त्र प्रहरीका स्वास्थ्य विभागका डाक्टर  लगायतका स्वास्थ्यकर्मीहरुले पनि सहआयोजकका रुपमा शिविरमा  स्वास्थ्य सेवा प्रदान गरिरहेका छन ।  त्यस अघि आफ्नो जन्म घर पुगेका गृहमन्त्री  उक्त कार्यक्रममा सहभागी भई हतार हतार बुटवलको एक कार्यक्रममा सहभागी हुन त्यस तर्फ लागेका छन ।

त्यस अघि छोटो समय पार्टी कार्यकर्ताहरुलाई दिएका थिए । तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर उनले मदन भण्डारी र जिवराज आश्रितको प्रतिमामा फुल माला अर्पण गरेका थिए । उनिहरुलाई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेताहरु बुद्धि जिसी, विरबहादुर कार्की , कृष्ण सुनार लगायतका नेता कार्यकर्ताहरुले स्वागत र विदाई गरेका थिए ।


अहिले सम्म कै बृहत स्वास्थ्य शिविर

नेपाल हृदय रोग निवारण गुल्मी शाखाले सह आयोजकका रुपमा ब्यवस्थापकिय पक्ष हेरेको छ । हिजो पहिलो दिन मै करिव  एक हजार मानिसहरुले स्वास्थ्य सेबा पाई सकेका छन भने आज त्यस्को झण्डै तेब्बर मानिसहरुले सेवा पाउँदै छन । ७  जना बिशेषज्ञ डाक्टर  मेडिकल  डाक्टर ५ जना , अन्य गरी  ३० जना स्वास्थ्यकर्मी रहेको यसपालीको शिविर गुल्मीमा सबै भन्दा बृहत भएको   सह आयोजक गुल्मी शाखाका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले बताए ।

स्थानिय शिविर संचालन समिति संयोजक शेरबहादुर थापाका अनुसार  छिमेकी  जिल्ला अर्घाखाँचीका समेत स्वास्थ्य उपचार लिन आएका छन । जहाँ विर अस्पतालका वरिष्ठ मुटु रोग बिषेज्ञ डाक्टर  तथा  प्रकाश राज रेग्नी , बरिष्ठ फिजिशियन  तथा लिवर, आन्द्रा मधुमेह रोग विशेषज्ञ  डाक्टर दिनेशचन्द्र पोखरेल , प्रशुती तथा स्त्री रोग बिशेषत्र सौजन्य कमचार्य,   वरिष्ठ फिजिशियन डाक्टर रोशनकुमार झा , हाड जोर्नी बिशेषज्ञ डाक्टर आदित्य आनन्द लगायत आएका छन ।

लर्ड बुद्धका अध्यक्ष बिष्णु भण्डारीले त्यति नै स्वास्थ्यकर्मीहरु सशस्त्र प्रहरीले दिएर आफुहरुलाई सहयोग गरेको बताए ।  सो संस्थाका शिविर सञ्चालन समितिका संयोजक प्रदिप पोखरेले २७ लाख मुल्य बराबरको औषधी सो संस्थाले ल्याएर निशुल्क वितरण गर्दै छ । करिब १८ सय जनाको उपचार गर्ने लक्ष्य लिएकोमा झण्डै २ हजार नाग्ने भएका छन ।  शिविरमा आउने मध्ये ३ जना अति विपन्न मुटु सम्वन्धी रोगी जस्तै मुटुको भल्व  फेर्ने लगायतका विरामीलाई संस्थाले दिर्घकालिन रुप मै निको पार्ने गरी निशुल्क उपचार गर्नेछ ।

पहिलो दिन चार बर्ष अघि देखि  आर्थिक अभावका कारण  उपचार गर्न नसकी मृत्यु कुर्न बाध्य मदाने गाउँपालिका–७ भनभने गैराखर्कमा गोविन्द पन्थीका छोरा ९ बर्षिय भुवन पन्थीले सो संस्थाबाट निशुल्क उपचार पाउने छन । संयोजक पोखरेलका अनुसार सरकारले दिने सुविधालाई समेत उपभोग गर्दै उनि सहित तिन जनाको निशुल्क उपचार गरिने छ ।  उनका अनुसार मुटु, पेट , स्त्री तथा प्रशुती  रोग , हाड जोर्ने  रोगको उपचार र  सामान्य सल्यकृया  पनि गरिने छ ।  शिविरमा ईको , कार्डियो ग्राम, भि एक्सरे , ईन्डोस्कपी , ईसीजी पनि गरिने छ ।

संस्थाका अध्यक्ष भण्डारीका अनुसार संस्था स्थापनको छोटो समय मै मानव सेवाका केहि उल्लेखनिय कार्यहरु सो संस्थाले गर्दै आएको छ । केहि महिना अघि चितवनको ज्ञानज्योति आश्रममा एक लाख मुल्य बराबरको कुर्चि तथा लत्ता कपडा  प्रदान गरेको थियो । चितवन क्यान्सर अस्पतालमा उपचार खर्च अभावमा परेका क्यान्सर रोग पिडित ११ बर्षिय बालक विवेक आचार्यलाई ३० हजार रुपैयाँ नगद सहयोग गरेको थियो । गत माघ महिनामा काठमाण्डौको एक सामुदायिक वन संग मिलेर उसले एक हजार वोटहरु बृक्ष रोपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ