२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा गृहमन्त्रीलाई–‘माछा मिठो असला बड्यार् खोलाको….’

२०७५, १३ आश्विन शनिबार १७:१३

प्रेम सुनार | असोज १३, बुटवल | बाग्लुङ्ग तर्फ माछा मिठो असला दरम खोलाको… निकै चर्चामा छ । यता गुल्मीमा भने माछा मिठो असला  बड्यारा खोलाको… थेगो नै रहँदै आएको छ । बढिगाड खोला नाम भए पनि स्थानियले बोली भाषामा बड्यार खोला भन्छन ।  त्यस खोलाको माछाको बिशेष गरी रस परेवाको झै अत्यन्तै तिख्खर  मानिन्छ । काँडा कम असलाको मासु बढि र तिख्खर हुने हुँदा त्यस बड्यार खोलाका माछा सगुनका रुपमा काठमाण्डौ  लगायतका शहरमा समेत पठाईन्छ , मगाइन्छ । 

बर्षऔं पछि गृहमन्त्री  रामबहादुर थापा वादलाई पनि बाल्यपनमा  त्यस खोलामा माछा मार्न जाने र पौडी खेल्न जाने ताकाको सम्झना आयो । उनको त्यही चाहनालाई बुझेर आज बिहान दजाकोट स्थित  घर पुगेका गृहमन्त्रीलाई आयोजकले त्यहाँका माछा संग  खाजा खुवाए ।  खाँदै उनले स्मरण गर्दै भने–‘ म  त्यति बेलाको पशुपति प्राविमा पढ्दा हाम्रै घरमा डेरा गरेर पढाउनु हुने तारा नाथ शर्मा सर संग शनिवार विदाको दिन माछा मार्न र पौडी खेल्न जान्थ्यौं ।

खुव सम्झना आउँछ त्यो ताकाको त्यति बेला कपी कलमको चलन थिएन । काठको कालो पाटी , खरी ढुङ्गाको चक र बस्ने चकटी बोकेर स्कुल जान्थ्यौं । ५४ बर्ष पछि त्यहाँका माछा खाना पाईयो ।  उनी संगै उनकी फुवुका ज्वाँई विष्णुबहादुर बगाले बसेका थिए । साथमा भाञ्जा भाञ्जी , अरु दिदी वहिनी , कान्छी काकी सुमित्रा सनानरी , उनका छोरा रामबहादुर सनारी,  उनकी दिदी रामकुमारी पुन ,माईला काकाका छोरा छोराहरु खिमबहादुर नेरबहादुर सनारी माछा अलि थप्दीँन पाए पनि हुन्यो कि भन्ने मुद्रमा थिए । गृहमन्त्रीले पनि निकै रहर लाग्ने गरी खाए ।


अरु दाजु भाईहरु वोमबहादुर , दिलबहादुर , ईमानसिंह मेखबहादुर, बलबहादुर भिमबहादुर र हुमानसिंह सनारी सहित १० घर रहेको उनका भाञ्जा भाञ्जी पर्ने स्थानिय समाज सेवी हरिप्रसाद छन्त्यालले बताए ।  उनको मावली आँपचौरबाट पनि आएका थिए । कान्छि आमाले भने आफ्नै प्रकारको खाज खुवाईन । त्यही वादल कै पुरानो बुढाघर भएकै  घडेरीमा बनाएको घर देखाईन ।

गृहमन्त्री कै भाई उपचार नपाएर थला 

कान्छा काका छोरा रामबहादुर बेलामा उपचार नपाएर  प्यारालाईसिस रोगले थला परेर बसेका छन । गृहमन्त्री अर्थात दाजुलाई देख्न साथ उनि रोई रहे मात्र ।  त्यस्तो देखे पछि गृहमन्त्री भावुक देखिन्थे । समाज सेवी छन्त्याल भन्छन उहाँले पुराना कुरा निकै स्मरण गर्नु हुँदो रहेछ । एक अर्कालाई सोधपुच सञ्जो विसन्चोबारे चासो लिनु भयो । अव त आउने जाने यो सुरुवात हो आई रहन्छु भन्नु भएको छ ।

रक्षा मन्त्री हुँदा मैले तम्घास आएको बेला भेटेको थिएँ यो दोश्रो हो, छन्त्यालले भने अस्याट नमेटिने गरी छोटो समय लिएर आउनु भयो । अब आउँदा उहाँले आफै भने झै लामो समय बस्ने गरी आउन अनुरोध गर्दछौ । उनलाई गाउँ बोलाउने बिशेष भुमिका पुर्व माओवादी नेता खुमबहादुर थापाले खेलेको बताईन्छ । उनको स्वागतमा प्रदेश ५ का सांसद खड्ग केसी  , मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा लगायतका जनप्रतिनीधी रहेका थिए । उनलाई सो पालिकाले अभिनन्दन समेत गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना