2026-09-14 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्याकाण्ड: तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख विष्ट सहितका तीनै जनाको डिएनए मिलेन्

भास्कर के.सी | असोज १४, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्टको आरोप लागेका तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र  काँग्रेस महासमिति सदस्य एव अधिवक्ता भुपेन्द्र विष्टका छोरा आयुश विष्टको डिएनएर रिर्पोट खोलिएको छ । 

झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परिक्षणका लागि रगत लिएको थियो । केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको सिलबन्दी रिर्पोटलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको छ ।

 मृतक निर्मला पन्तको योनीमा भेटिएको (भजाईनल स्वाब) संग तीनै जनाको डिएनए नमिलेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझा सहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्ट सहितको उपस्थितिमा रिर्पोट खोलिएको बताए । 

उनका अनुसार तीनै जनाको डिएनएले म्याच नखाएको अर्थात मिलेको छैन् । ‘हामीले तीनै जनाको डिएनए रिर्पोट हेरौँ, ‘उनले भने, ‘कसैको पनि मिलेको छैन ।’ आन्दोलनका बेला तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख विष्ट उनका छोरा किरण र अर्का युवक आयुसको डिएनए परिक्षणको माग बमोजिम प्रहरी प्रधान कार्यालयले घटनाको थप अनुसन्धानका लागि डिएनए परिक्षण गरेको थियो । सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले रिर्पोट निगेटिभ भएको बताए । उनका अनुसार तीनै जनाको डिएनए रिर्पोट मिलेको छैन् । जिल्ला न्यायाधिवक्ता भट्टका अनुसार निर्मलाको डिएनए प्रोफाईल बनेको छ । जसले बलात्कार गरेको हो, त्यसको डिएनए म्याच हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ