२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र बङ्गलादेशको खेल आज

१६ आश्विन २०७५, मंगलवार ०५:३८

असोज १६, काठमाडौँ । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । 

दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गालदेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

गोल अन्तरका आधारमा बङ्गलादेश अगाडि रहेकाले आजको खेलमा विजयी हुने टोली समूह विजेताका रुपमा सेमिफाइलन प्रवेश गर्नेछ । नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समयानुसार साँझ ६ ः ४५ मा हुनेछ । यसअघि असोज १२ गते भएको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १२–० को जित हासिल गरेको थियो । उक्त खेलमा नेपाली स्ट्राइकर रेखा पौडेल एक्लैले सात गोल गरेकी थिइन् । 

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की