२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरणमा थप अनुसन्धानका तीन आधार: ट्युसन सेन्टर, अम्बाको बोट र प्रहरी होसियारी

२२ आश्विन २०७५, सोमबार ०३:०५

असोज २२, काठमाडौँ | निर्मला हत्या प्रकरणमा आजसम्मको नतिजा हाता लाग्यो शुन्य जस्तै बन्दै गर्दा अझै पनि हत्याको केहि साना प्रमाणहरु भने केलाउन सकिने अवस्थामा पुगेको छ | हत्याको तीन यस्ता प्रमाण अझै पनि रहश्यको बिषय बनेको छ जसलाई केलाउने हो भने हत्या प्रकरणको नजिक पुग्न सकिने आश जिवितै छ | 

हत्या प्रकरणमा गृह मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा र बम दिदि बहिनीलाईनै अझै शंकाको घेरामा राख्न सकिने आधार छन् | जसमा प्रहरीले प्रत्यक्ष रुपमा घटनाका प्रमाणहरु मास्ने काम गरेकाले प्रहरी आफै पनि दोषी देखिन सक्ने आधार छन् | 

ट्युसन सेन्टर 

निर्मला हत्या प्रकरणसंग बलियो रुपमा जोडिएको बिषय हो 'ट्युसन सेन्टर' | घटना भएको दिन बम दिदि बहिनी ट्युसन पढ्न नगएको देखिएको छ | जुन कुरा अनिता बम र उनका बुबाले ट्युसन सेन्टरमा पुगेरै ट्युसन पढ्न आएको भनिदिन गरेको आग्रहले पुष्टि गर्छ | ट्युसन सेन्टरका शिक्षकलाई नै उनीहरु आए-नआएको एकिन नभएको अवस्थामा अनिता बम र अनिता बमको बुवा स्वयंम ट्युसन सेन्टर पुगेर मिति २०७५।४।१० गतेका दिन ट्यशून पढ्न आएको भनी भनिदिनुपर्यो भनेर गएका थिए | जसले घटनामा बम परिवारको मिलिमतो छ भन्ने स्पष्ट पार्छ | यसैलाई आधार मानेर पुन: बम परिवारको अनुसन्धान गर्न सकिने अवस्था छ | 

अम्बाको बोट 

घटना पछी साउन १७ गते अनिता बमका बाबुले अम्बाको रुख काटेको बिषयलाई लिएर पनि शंका गर्ने अवस्था छ | घटनाको अनुसन्धान चल्दै गर्दा बमले किन अम्बाको रुख काटे ? निर्मलालाई अम्बा टिपेर पठाएको भनिएको अवस्थामा उक्त अम्बाको रुख एक साता नबित्दै काटिनु घटनासँग जोडिएको प्रमाण मेटाउने प्रयासको रुपमा लिन सकिने अर्को मजबुत आधार हो | बम दिदि बहिनीका बाबुले बयानमा भनेका छन् 'मेरो अम्बाको रुख मैले लगाएको हो । अम्वाको रुखमा आसपासका केटाहरु चढेर खाने होहल्ला गर्ने, छोरीहरुले खासै अम्वा नरुचाउने भएकाले पनि मैले नै साउन १७ गते काटेको हुँ ।' 

प्रहरी होसियारी 

घटना बम परिवारमा मात्र नभई प्रहरीमा सबैभन्दा बढी केन्द्रित छ । घटना लुकाउने बिभिन्न प्रयास भएका छन् । निर्दोषलाई समेत दोषी मानेर जेल कोच्ने देखि चरम यातना दिएका बिषयहरु सामान्य बिषय होइन । प्रमाण मास्न बिभिन्न हर्कत भएका छन् । मृतकको सुरुवाल धुनुमा पनि प्रहरीको होसियारी जोडिएको छ त्यसमा पनि निर्दोषलाई हिरासतमा लिएर यातना दिएर जबर्जस्ति कृतिम र निर्देशित बयान दिन लगाइएको छ, जसको गोप्य भिडियो समेत सार्वजनिक भईसकेको अवस्था छ । त्यसैले पनि हत्या प्रकरणमा प्रहरी प्रत्यक्ष जोडिएको छ भन्ने स्पष्ट हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो