२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपविजेता बन्न सफल नेपाली फुटबल टोलीलाई जनही पचास हजार

२०७५, २४ आश्विन बुधबार ०२:४१

असोज २४, काठमाडौँ (रासस) | अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ । 

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने निर्णय गरेको हो । यही असोज २१ गते भएको फाइनल खेलमा नेपाली टोली बङ्गलादेशसँग १–० गोल अन्तरले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । 


त्यस्तै सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपाली महिला फुटबल टोली आज स्वदेश फर्कने एन्फाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा