२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुई महिना भित्र आफ्नै पुलिस प्रशासन हुने: मुख्यमन्त्री राउत

२०७५, २४ आश्विन बुधबार ०६:११

असोज २३, सिरहा । मुख्यमन्त्री लालबाबु राउतले २ महिना भित्र प्रदेश सरकारको आफनै प्रहरी प्रशासन हुने बताउनु भएको छ । 

सिरहाको कल्याणपुर नपा स्थित चिकना बजारमा आयोजित पार्टी प्रवेश एवं शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफनै प्रहरी प्रशासन स्थापना गर्ने बताउनु भयो । 


शान्ति सुरक्षाको जिम्मा नेपालको संविधानले प्रदेश लाई दिएको छ ,उहाँले भन्नु भयो,‘ कि त संघ सरकारले प्रहरी प्रशासन हस्तान्तरण गर्नु प¥यो , नत हामी आफै गठन गछौ । 

प्रहरी ऐन माथि सदनमा छलफल शुरु भै सकेकोले यसै साता पारित हुने उल्लेख गर्नु हुँदै उहाँ त्यस पछि प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने बताउनु भयो । त्यसै गरि उहाँले प्रशासन ऐन पनि संसदमा लगि सकेको उहाँको कथन थियो । 

संघीय सरकारले आवश्यक कर्मचारी नपठाउदा विकास निर्माणको काम समेत प्रभावकारी हुन नसकेकोले प्रदेश सरकार करार कर्मचारी भर्ना ऐन समेत बनाएर संसदमा टेवल गरि सकेको उल्लेख गर्नु हुँदै उहाँ तीन वर्टै ऐन पारित भए लगतै प्रदेशले गति लिने बताउनु भयो । 


कल्याणपुर नपाको संयोजक परमेश्वर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रिय सदस्य एवं पूर्व सभासद डा. विरेन्द्र महतो , केन्द्रिय सदस्य अशेश्वर यादव सहितको सहभागिता रहेको थियो। 

उक्त कार्यक्रममा नेकपा, काँग्रेस र राजपा परित्याग गरेको करिब ५ सय नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउतले फुलमाला लगाई पार्टीमा स्वागत गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी