१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरका सबै स्थानीय तहमा नेकपाको संयन्त्र

२६ आश्विन २०७५, शुक्रबार १७:३२

असोज २६, कावासोती | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नवलपुरका सबै स्थानीय तहमा संयन्त्र गठन गरेको छ । नेकपाले जिल्लामा रहेका नगरपालिकामा आठ र गाउँपालिकामा छ जना रहने गरी संयन्त्र गठन गरेको हो । 

स्थानीय तहका संयन्त्रलाई अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टीका काम पूरा गर्ने जिम्मेवारी दिएको छ । पार्टी एकता टुङ्ग्याउनका लागि निर्माण गरिएको नेकपा नवलपुर संयन्त्रको रहजरमा बसेको बैठकले स्थानीय तहको संयन्त्र गठनसँगै पूर्वमाओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयलाई नेकपा नवलपुरको जिल्ला पार्टी कार्यालयका रुपमा राख्ने निर्णय गरेको छ । कार्यालय सचिवमा नारायणप्रसाद तिमिल्सेना र सुष्मा खनाललाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ । 

पहिलेका दुवै पार्टीको चलअचल सम्पत्ति, भएका भौतिक सामग्री र ऋणधन वासलात तयार गर्न दुवै कार्यालय सचिव र लेखासम्बन्धी विष्णु लम्साललाई जिम्मेवारी दिने निर्णयसमेत भएको केन्द्रीय सदस्य महतले बताउनुभयो । 

वडा वडामा संयन्त्र गठन गर्न स्थानीय तहमा रहेको संयन्त्रबाट छ जनाको वडा संयन्त्र निर्माण, तिहारभित्र वडा कार्यालय गठन, वडास्तरमा शुभकामना आदानप्रदान तथा पार्टी एकता सन्देश कार्यक्रम सक्ने र कात्तिक १७ गते जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कावासोतीमा गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य महतले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन