2026-10-29 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

३५ वुँदे घोषणा पत्र जारी गर्दै मुसिकोटको वौद्धिक सम्मेलन सकियो

कमल पौडेल | कार्तिक ५, गुल्मी | मुसिकोट नगरपालीकाले आयोजना गरेको वौद्धिक सम्मलेन ३५ वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। ‘कृषि पर्यटन, पूर्वाधार, र रोजगार, मुसिकोट नगरपालिका समृद्धिको आधार‘ भन्ने नारा सहित वामी टक्सारमा दुई दिनसम्म आयोजना गरिएको सो सम्मेलनले पाँचवटा मुख्य वुँदा र नौं वटा सहायक वुँदा सहित उक्त ३५ बुँदे घोषणपत्र जारि गरेको हो । 

सम्मेलनले सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सामाजिक सेवा तथा सुशासन बुँदामा घोषणा पत्र तयार गरेको मुसिसकोट नगरपालीकाका प्रमुख सोमनाथ सापकोटाले बताउनु भएको छ । मुसिकोट नगरपालिकामा जन्म भई देश तथा विदेशका विभिन्न स्थानमा रहेका विभिन्न क्षेत्रका सयौं वौद्धिक व्यक्तित्वहरुको भेलाले मुसिकोट नगरपालीकाको विकास र संमृद्धिको खाका तयार गरेको हो ।

घोषणा पत्रमा कला संस्कृतिको संरक्षण गर्न संग्रालय स्थापना गर्ने, खुल्ला तथा दुर शिक्षाका माध्यमवाट स्नातकोत्तर तहको कार्यक्रम संचालन गर्ने, प्रत्येक विद्यालयमा नर्स सहितको व्यवस्था गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम संचालन गर्ने, बागलुङको खारदेखि रुद्रवेणीसम्म बडिगाड खोलामा र्याफ्टीङ् संचालन गर्ने, जडिवुटिमा आधारीत औषधि उद्योग स्थापना गर्ने, जैविक विविधता संरक्षण क्षेत्र घोषणा गर्ने, नगरपालिकामा दमकल एम्वुलेन्स व्यावस्था गर्ने लगायतका विषय वस्तुहरु समावेश गरिएको छ । 

वौद्धिक सम्मेलनमा सात वटा विषय वस्तुहरुमा आधारित रहेर कार्यपत्र तयारगरि छलफलको माध्यमवाट निष्कर्ष सहित उक्त घोषणा पत्र जारि गरिएको हो । घोषणा पत्रले मुसिकोट नगरपालीकाले आगामी छ महिना भित्रमा तयार गर्न लागेको नगरको गुरुयोजनालाई मार्ग निर्देश गर्न थप मद्दत पुग्ने सम्मेलन आयोजक समिति संयोजक प्रकाश काफ्लेले बताउनु भएको छ ।

घोषणा पत्र तयार गर्नका लागि प्रा.डा. ताराप्रसाद सापकोटाको संयोजकत्वमा प्रा.डा. जिवलाल सापकोटा, प्रा.डा. पारसमणि भण्डारी, प्रा.डा. बुद्ध थापा र सह प्रा.डा. ज्ञान वहादुर थापा रहेको ५ सदस्यीय घोषणा पत्र तयारी समितिको गठन गरिएको थियो । आइतवार नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीद्वारा उद्घाटन गरिएको सो सम्मेलनको सोमवार पूर्व उप प्रधानमन्त्रि टोप वहादुर रायमाझीले समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ