२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिपको पारिश्रमिक कम्तीमा ७० लाख, बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर

६ कार्तिक २०७५, मंगलवार १३:०५

कात्तिक ६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका होनाहार बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई अष्ट्रेलिया स्थित मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो । 


सन्दीप बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् । भर्खरै १८ वर्षका लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् । 

बंगलादेश प्रिमियर लिग खेल्ने भएकाले सन्दीपले बिग बास भने पूरा खेल्ने छैनन्, त्यसैले उनको पारिश्रमिकबारे टुंगो लागेको छैन ।

सन्दिपले प्रति खेल वा प्रतियोगिताभरिका लागि निश्चित रकम तय हुन सक्ने बताइएको छ । उनले कम्तीमा ६० हजार डलर पाउने बताइएको छ । सन्दीपले बिग बासमा पाउन लागेको पारिश्रमिक अहिलेसम्मकै बढी हो । 

फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल) र बिग बास सबैभन्दा ठूला प्रतियोगिता हुन् । सन्दीपले बिग बासमा खेल्नु आफ्नो सपना रहेको बताउदै आएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट