२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला फुटबल–नेपाल थाइल्याण्डसँग २-० ले पराजित

७ कार्तिक २०७५, बुधबार १५:३०

कात्तिक ७, काठमाडौँ (रासस) | एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । 

थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको हो । 

थाइल्याण्डको जितमा पतारानन अपुचाइ, टिप्क्रिता र श्रीविपा जनताराकले गोल गरिन् । पताराननले खेल शुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । त्यस्तै खेलको १७औँ मिनेटमा पेनाल्टीमार्फत थप १ गोल गर्दै टिप्क्रिताले थाइल्याण्डको अग्रता दोब्बर बनाइन् । 

खेलको पहिलो हाफसम्म २–० को अग्रता लिएको थाइल्याण्डले खेलेको दोस्रो हाफमा पुन १ गोल थप्यो । दोस्रो हाफको अतिरिक्त समयमा थाइल्याण्डकी श्रीविपाले १ गोल गर्दै थाइल्याण्डलाई ३–० को सहज जित दिलाइन् । 

छनोटको समूह ‘बी’मा रहेको नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ । समूह ‘बी’मा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेका छन् । छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । 

आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोलीले एएफसी यू–१९ महिला च्याम्पियनशिपमा छनोट हुनेछन् । एएफसी यू–१९ महिला च्याम्पियनशिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनशिपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट