टेकेन्द्र बोहरा | कात्तिक ११, बझाङ | सुदुरपश्चिम प्रदेसको हिमाली जिल्ला बझाङमा धैली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ ।
यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले जानकारी दिएका छन ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बुङगल नगरपालिकामा हुने प्रतियोगिताको अघिल्लो संकरणमा बझाङबाहेकका ४ वटा टोलीको सहभागिता रहेको स्मरण गर्दै संयोजक उखेडाले यसपटक प्रदेशका अन्य जिल्लाको टोलीको सहभागिता रहने जानकारी दिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) का महासचिव ऐन महरले यो प्रतियोगिताले विकट जिल्लामा पनि क्रिकेट प्रतियोगिता आयोजना हुन्छ भन्ने सन्देश दिएको बताए ।
उनले पर्यटन प्रबर्द्धनका लागि खेलकुद र आपसी सम्बन्ध सुधारका लागि पनि क्रिकेट महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।
बुङगल क्रिकेट एसोसिएसन (बिसिए) को आयोजनामा कार्तिक १७ गते सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने बताइएको छ ।