2026-09-13 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा हत्या गरिएका महतोका हत्यारा उम्काउने प्रयास गरेको आरोप

कात्तिक १४, सर्लाही (रासस) | सर्लाहीको रामनगर–४ बोहर्वामा हत्या गरिएका रामविलास महतोका हत्यारालाई उम्काउने प्रयास भएको नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले आरोप लगाउनुभएको छ । 

मङ्गलबार नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका कार्यकर्ताको अवस्था बुझ्न सर्लाही अस्पताल मलङ्गवा आउनुभएका निधिले गोली हान्ने व्यक्तिको नाम घाइतेले बताइरहँदासमेत प्रशासनले पक्राउ गर्न नसक्नु उदासिनता रहेको भनाइ थियो । हत्यारालाई तत्कालै पक्राउ नगरिए प्रदेश नं २ का आठवटै जिल्लामा बिहीबारदेखि आन्दोलन शुरु गरिने उहाँले चेतावनी दिनुभयो । 

अपराधीलाई कानूनको दायराभित्र ल्याइन्न भने त्यसको परिणाम गम्भीर हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयोे । काङ्ग्रेसका कार्यकर्ताले आज जिल्ला प्रशासन कार्यालय सर्लाही घेराउ गरी विरोध प्रदर्शन गरेका थिए । मलङ्गवाको बजार क्षेत्रमा गरिएको प्रदर्शनमा उपसभापति निधि, पार्टी प्रवक्ता शर्मा, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, पूर्वमन्त्री महेन्द्र यादव, जीतेन्द्र देव, सङ्घीय सांसद अमरेशकुमार सिंहलगायत प्रदेश नं २ का आठवटै जिल्लाका सभापतिसमेत सहभागी हुनुभएको थियो । 

जिल्ला प्रशासन कार्यालय पुगेका नेताले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र पठाएको छ । मृतकलाई शहीद घोषणा, घाइतेको राज्यतर्फबाट उपचार, दोषीलाई कारवाही, मृतकका परिवारलाई तुरुन्त राहत उपलब्ध गराउनुपर्ने र जिल्लामा शान्ति सुरक्षाको पूर्ण व्यवस्था मिलाउनुपर्ने लगायतका माग ज्ञापनपत्रमार्फत गरिएको छ । 

झडपमा गोलीको छर्रा लागेर सात जना घाइते भएका छन् । झडपमा दुवैतिरबाट ढुङ्गामुढा हुँदा गाउँको दर्जनभन्दा बढी घरको छानामा क्षति पुगेको छ । घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यता नेकपाका नेता शिवपुजन रायले आफ्ना कार्यकर्ताको नागरिकता सिफारिश वडा नं ४ का वडा अध्यक्ष रामनरेश महतोले नगरेपछि विवाद उत्पन्न भई झडपसमेत हुन पुगेको बताउनुभयो । झडपमा गोली कसले चलायो आफूहरुलाई थाहा नभएको उहाँले जानकारी दिनुभयो । घटनापछि धेरै नेकपा कार्यकर्ता, समर्थक पुरुष व्यक्तिले गाउँ छाडेका बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले