२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलित अधिकार नपाएसम्म मुलुक समृद्धि नहुनेः मुख्यमन्त्रि राउत

२०७५, १६ कार्तिक शुक्रबार १६:५३

राम नारायण पंडि | कात्तिक १६, सिरहा | प्रदेश नं. २ का मुख्यमन्त्रि लालबाबु राउतले दलित समुदाय अधिकार नपाएसम्म मुलुक समृद्धि नहुने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका बडा नं. ११ मा शुक्रबार दलित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रि राउतले मुलुक परिवर्तनको प्रत्येक लडाईमा दलितको भमिका अहम रहेपनि अधिकारको बेलामा सधै बेइमानी हुदै आएको बताएका छन् । 

राजनितिक दलहरुले चुनावको समयमा ठुला–ठुला आश्वासन दिई दलितहरुलाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको भन्दै उनले दलित समुदाय अहिले पनि हकअधिकार पाउनबाट बन्चित रहेकोले त्यस्ता तत्बबाट आफै सचेत रहनु पर्ने जिकिर गरेका छन् । प्रदेश नं. २ मा दलितको १८ प्रतिशत जनसंख्या रहेपनि उनीहरुको राज्यका निकायहरुमा सम्मानजनक प्रतिनिधित्व हुन नसकेको बताउदै मुख्यमन्त्रि राउतले यस प्रदेशमा प्रदेश सरकारले बनाउने हरेक कानुनमा दलितको सहभागिता जनसंख्या अनुकुल हुने आश्वासन दिएका छन् । पुराना सोच नयाँ पुस्तामा परिवर्तन हुन नसकेकाले अहिले पनि दलित, मुस्लिम लगायतका समुदायलाई दास र गुलाम भई बस्नुपर्ने अवस्था रहेको उनले औल्याए । समाजमा रहेका छुवाछुत, भेदभाव र समाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम संचालन गरेको उनले दाबी गरे । 


प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको भन्दै मुख्यमन्त्रि राउतले यस ऐनले दलितमाथीको छुबाछुत, भेदभाब, अन्याय अन्त भई मुलुक समृद्धिको पथमा अगाडी बढ्ने विश्वास ब्यक्त गरेका छन् ।  दलित समुदाय मानव विकास सुचांकमा सधै पछाडी रहदै आएकोले शिक्षा र रोजगारी अहिलेको प्रमुख आवश्यक्ता रहेको समेत उनले बताए । प्रदेश सरकारले अगाडी बढाएको प्रदेश प्रहरी ऐन लागु हुने समेत उनले जिकिर गरे । 

भेलाले बिभिन्न १० बुँदे माँग राख्दै मुख्यमन्त्रि राउतलाई कर्जन्हा घोषणा पत्र समेत बुझाएका छन् । 


दलित सरोकार मञ्चका निर्देशक एवं दलितका अगुवा नेता भोला पासमानको अध्यक्षतामा कार्यक्रममा कर्जन्हाका मेयर गंगा पासमान, प्रदेश सांसद दिलिप साह, चमेली देबि दास, पुर्बमन्त्रि महेन्द्र पासमान, पुर्ब सांसद बिष्णुलाल वाईवा, संघिय समाजबादी फोरम नेपाल सिरहाका सह–ईन्चार्ज बिष्णु साह लगायतकाले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी