पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक १८, काठमाडौं | नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितालो हुनु गम्भीर त्रुटि भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजद्धारा राजधानीमा आयोजित यौनजन्य हिंसा, अनुसन्धान, र न्याय, विषयक अन्रक्रियामा सम्बोधन गर्दै नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले निर्मला हत्या प्रकरणमा डिएनए परीक्षणमा समेत लापरबाही भएको गुनासो गरे । ।

उनले घटनाका सम्बन्धमा सरकार संवेदनशिल नभएको आरोप लगाए । कार्यक्रमम संविधानविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।