Skip to content
Friday, July 17, 2026 Nepali Online Media

धनुषामा अज्ञात समूहको खुकुरी प्रहारबाट बाबु-छोरी गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २० धनुषा | धनुषामा मंगलबार बिहान अज्ञात समूहको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको धनौजी गाउँपालिका-४, तरहीस्थित आफ्नै घरमा सुतिरहेका बेला ढोका फोडेर पसेका आक्रमणकारीहरूले ५० वर्षीय अबदुल नदाफ र उनकी छोरी १७ वर्षीया नजमुल खातुनलाई खुकुरीले प्रहार गरेका छन् ।

खुकुरी प्रहारबाट अबदुलको टाउकोमा तथा नजमुलको बायाँ हातको औंलामा चोट लागेको प्रहरीले जनाएको छ।

उपचारका लागि घाइते दुवैलाई जनकपुर अञ्चल अस्पताल पठाइएको र आक्रमण गर्ने समूहको खोजी भइरहेको धनौजीस्थित प्रहरी चौकीले जानकारी दिएको छ।

घटना बिहान ४ बजेतिर भएको हो ।