१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक तथा बामपन्थी नेता भिमलाल भुसालको हृदयघातका कारण निधन

२३ कार्तिक २०७५, शुक्रबार १६:५७

कमल पौडेल | कात्तिक २३, बडिगाड | बागलुङ पश्चिमका जनवादी, प्रगतिशिल गायक तथा बामपन्थी नेता भिमलाल भुसालको निधन भएको छ । पञ्चायती व्यावस्थाको विरुद्ध बागलुङ पश्चिम क्षेत्रवाट कम्यूनिष्ट आन्दोलनमा जोडिएर आन्दोलनमा होमिएका भुसालको भक्तपुरको लोकन्थलीमा हृदयघातको कारण निधन भएको हो । 

बागलुङ पश्चिममै पहिलो हार्मोनियम वादकको रुपमा परिचित भुसाल कुशल उद्घोषक तथा गायक हुनुहुन्थ्यो। कुनै कृति वजारमा नभएपनी विभिन्न पत्रपत्रिकामा दर्जनौ रचना प्रकाशित छन्। पञ्चायति शासन विरुद्ध गित तथा नाटकवाट जनतालाई सुसुचित गर्ने भुसाललाई तत्कालिन पञ्चायति प्रशासनले पटक पटक वारेन्ट जारी गरेपनि पक्राउ गर्न सकेको थिएन । २०४८ सालमा नेपाल कम्यूनिष्ट पार्टिको सदस्यता लिएका भुसाल नेकपा एमालेको गाउँकमिटि सदस्य, इलाका कमिटि सदस्य, हुँदै क्षेत्रिय कमिटि सल्लाहकार सदस्य सम्म हुनुभएको थियो । 

सांस्कृतिक फाँटमा दख्खल राख्ने भुसाल हिमालि साँस्कृतिक परिवार हुँदै राष्ट्रिय जनसाँस्कृतिक महासंघको जिल्ला कमिटि बागलुङ तथा गाउँकमिटि दगातुन्डाडाको संस्थापक हुनुहुन्थ्यो। हाल नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रिय प्रतिनिधिको रुपमा रहनु भएका भुसाल पेशाले शिक्षक हुनुहुन्थ्यो ।


वि.सं. २०४८ वाट स्थायी प्रावि शिक्षकको रुपमा रेमली टोला प्रावि सक्न्यारमा काम गर्दै आउनुभएका भुसाल वि.सं. २०५३ मा मावि तहमा स्थायी हुनुभएको थियो । त्यसपछि हाल सम्म भिमगिठे मावि मा अध्यापन गराइरहनुभएको थियो। गएको भाद्र महिनामा चिप्लिएर लेडेपछि स्पाइन इन्जुरी भएको र डाक्टरको सल्लाह वमोजिम बेड रेष्टगरि साधारण हिडडुल गर्न सक्ने अवस्थामा पुगेको वेला सो घटना भएको हो । विहान हिँडडुल गर्न वाहिर निस्कनु भएका भुसाल एक्कासी पल्टिएको र अस्पताल पुर्याउँदा निधन भैसकेको पारिवारिक श्रोतले जनाएको छ । हिँजो साँझ मात्रै आफु संग कुरा भएको र महोत्सव तयारी को विषयमा लामो कुरा भएको भुसालका भतिज समेत रहनुभएको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले जानकारी दिनुभएको छ ।

भुसालको वि.सं. २०२० साल श्रावणमा साविक दगातुन्डाडा गाविसको वडा नं. ९ सक्नयारमा जन्म भएको थियो। भुसालका २ छोरा र १ छोरी छन्। जेठा छोरा किरण भुसाल बडिगाड गाउँपालिकाका इन्जिनियर हुने भने कान्छा छोरा रामु भुसाल आइटि इन्जिनियर हुन्। छोरी मञ्जरीले विवाह पछि अष्ट्रेलीयामा अध्ययन गर्दै छन्। भुसालको पशुपति आर्यघाटमा आजै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ।

माथिको तस्वीरमा:  भिमलाल भुसाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ