2026-09-15 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक तथा बामपन्थी नेता भिमलाल भुसालको हृदयघातका कारण निधन

कमल पौडेल | कात्तिक २३, बडिगाड | बागलुङ पश्चिमका जनवादी, प्रगतिशिल गायक तथा बामपन्थी नेता भिमलाल भुसालको निधन भएको छ । पञ्चायती व्यावस्थाको विरुद्ध बागलुङ पश्चिम क्षेत्रवाट कम्यूनिष्ट आन्दोलनमा जोडिएर आन्दोलनमा होमिएका भुसालको भक्तपुरको लोकन्थलीमा हृदयघातको कारण निधन भएको हो । 

बागलुङ पश्चिममै पहिलो हार्मोनियम वादकको रुपमा परिचित भुसाल कुशल उद्घोषक तथा गायक हुनुहुन्थ्यो। कुनै कृति वजारमा नभएपनी विभिन्न पत्रपत्रिकामा दर्जनौ रचना प्रकाशित छन्। पञ्चायति शासन विरुद्ध गित तथा नाटकवाट जनतालाई सुसुचित गर्ने भुसाललाई तत्कालिन पञ्चायति प्रशासनले पटक पटक वारेन्ट जारी गरेपनि पक्राउ गर्न सकेको थिएन । २०४८ सालमा नेपाल कम्यूनिष्ट पार्टिको सदस्यता लिएका भुसाल नेकपा एमालेको गाउँकमिटि सदस्य, इलाका कमिटि सदस्य, हुँदै क्षेत्रिय कमिटि सल्लाहकार सदस्य सम्म हुनुभएको थियो । 

सांस्कृतिक फाँटमा दख्खल राख्ने भुसाल हिमालि साँस्कृतिक परिवार हुँदै राष्ट्रिय जनसाँस्कृतिक महासंघको जिल्ला कमिटि बागलुङ तथा गाउँकमिटि दगातुन्डाडाको संस्थापक हुनुहुन्थ्यो। हाल नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रिय प्रतिनिधिको रुपमा रहनु भएका भुसाल पेशाले शिक्षक हुनुहुन्थ्यो ।

वि.सं. २०४८ वाट स्थायी प्रावि शिक्षकको रुपमा रेमली टोला प्रावि सक्न्यारमा काम गर्दै आउनुभएका भुसाल वि.सं. २०५३ मा मावि तहमा स्थायी हुनुभएको थियो । त्यसपछि हाल सम्म भिमगिठे मावि मा अध्यापन गराइरहनुभएको थियो। गएको भाद्र महिनामा चिप्लिएर लेडेपछि स्पाइन इन्जुरी भएको र डाक्टरको सल्लाह वमोजिम बेड रेष्टगरि साधारण हिडडुल गर्न सक्ने अवस्थामा पुगेको वेला सो घटना भएको हो । विहान हिँडडुल गर्न वाहिर निस्कनु भएका भुसाल एक्कासी पल्टिएको र अस्पताल पुर्याउँदा निधन भैसकेको पारिवारिक श्रोतले जनाएको छ । हिँजो साँझ मात्रै आफु संग कुरा भएको र महोत्सव तयारी को विषयमा लामो कुरा भएको भुसालका भतिज समेत रहनुभएको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले जानकारी दिनुभएको छ ।

भुसालको वि.सं. २०२० साल श्रावणमा साविक दगातुन्डाडा गाविसको वडा नं. ९ सक्नयारमा जन्म भएको थियो। भुसालका २ छोरा र १ छोरी छन्। जेठा छोरा किरण भुसाल बडिगाड गाउँपालिकाका इन्जिनियर हुने भने कान्छा छोरा रामु भुसाल आइटि इन्जिनियर हुन्। छोरी मञ्जरीले विवाह पछि अष्ट्रेलीयामा अध्ययन गर्दै छन्। भुसालको पशुपति आर्यघाटमा आजै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ।

माथिको तस्वीरमा:  भिमलाल भुसाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ