२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली पुगेपछी…

२८ कार्तिक २०७५, बुधबार ०७:४५

शेरबहादुर सिंह | कात्तिक २८, भीमदत्तनगर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा हुनुहुन्थ्यो । 

लामो समयदेखि बिरामी रहनुभएका उहाँले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुसीको सीमा नै नरहेको जानकारी दिनुभयो । ‘सेनाले विकट बस्तीमा आएर जनताको सेवा यसरी पनि गर्दोरहेछ ।’ साउदले रासससित भन्नुभयो–‘यो त सेनाको पुण्य काम हो ।’ 


नेपाली सेनाको सिंहशार्दुल गुल्मले मङ्गलबार पहरियामा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा साउद जस्तै सयौँ स्थानीय वृद्ध÷वृद्धा, महिला र बालबालिकाहरूले गाउँमै उपचार पाएपछि खुसी व्यक्त गरेका छन् । 

कञ्चनपुरको विकट बस्ती हो पहरिया । जहाँ द्वन्द्वकालमा समेत स्थानीयबासीहरूले निकै समस्या भोग्नु परेको स्थानीय सित्त भुलको भनाइ छ । भौगोलिकरूपमा विकट नगरपालिका– १ मा दोमिल्ला, पहरिया, बण्ड, निगाली गाउँ छन् । यहाँ पछिल्लो समय सडक सञ्जाल विस्तार भइरहे पनि विद्यालयबाहेक अन्य सरकारी सुविधा केही छैन । 

‘अरुले उपचारका लागि अत्तरिया, धनगढी, महेन्द्रनगर हँुदै भारतसम्म जानुपर्ने बाध्यता छ ।’ बण्डका स्थानीय प्रभाकर भण्डारीले भन्नुभयो–‘दुर्गमका जनता सेनाको शिविरबाट लाभान्वित भएका छन ।’ बस्तीमा स्वास्थ्य संस्थाहरू नहुँदा सामान्य बिरामी हुँदा पनि टाढा जानुपर्ने अवस्था छ । 

‘यसअघि यहाँ यसरी शिविर लगाएको मलाई सम्झना छैन ।’ स्थानीय भीमदत्त भट्टले भन्नुभयो–‘गाउँमै पुगेर दीनदुखीलाई मलम लगाउने सेनाको जयजयकार ।’ २०२६ सालदेखि पहरियामा बसोबास गर्दै आएका स्थानीयहरूले पनि गाउँमा पहिलो पटक निःशुल्क स्वास्थ्य सेवा पाएको बताएका छन् । 

यहाँस्थित सेनाको सिंहशार्दुल गुल्म, भगतपुर ब्यारेकको आयोजनामा भएको स्वास्थ्य शिविरबाट ३३० जना लाभान्वित भएको सो गुल्मले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि महिला र वद्ध÷वद्धाहरू बढी सङ्ख्यामा थिए । 

जिल्लाकै ग्रामीण भेग र स्वास्थ्य सेवाबाट टाढा रहेको देखेपछि यहाँ शिविर सञ्चालन गरिएको सेनाले जनाएको छ । सेनाले आगामी दिनहरूमा पनि सैनिक÷नागरिक सम्बन्ध प्रभावकारी बनाउन विभिन्न सामाजिक काम गर्दै जाने जनाएको छ । 

स्वास्थ्य परीक्षण गरिएका अधिकांश बिरामीहरूमा छाला, हाडजोर्नी, आँखा र महिलाको पाठेघरसम्बन्धी समस्या बढी देखिएको श्री नंं २५ फिएका उपसेनानी डा साजन महर्जनले जानकारी दिनुभयो । 

बिरामीहरूको परीक्षणका लागि सेनाको चिकित्सकसँगै धनगढीस्थित नवजीवन अस्पतालका चिकित्सक डा जयराम केसी समेत सहभागी हुनुहुन्थ्यो । नेपाली सेनाले यस अघि कञ्चनपुरको भीमदत्तनगरपालिका, बेदकोट, बेल्डाँडी गाउँपालिकाका विभिन्न बस्तीहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान